चौतर्फी रुपमा चेप्टिएको लकडाउन , चोक / बजार क्षेत्र सुनसान छ। दुई चार जना सुरक्षाकर्मी डन्ठा लिएर बसेका छन। दस वटा सबारिसाधनमा दुई सबारीसाधन रोकिन्छ्न कोहि अलि कमजोर देखियो दुइचार डन्डा बर्सिन्छ अनि एक दुई घण्टा ताता घाममा उभ्याइन्छन । अब अलि पहुचिलो हो भने -"कहाँ पुगेर आउनुभयो ? ल जानुहोस है त सर" भनिन्छ।

त्यतिकैमा क्यामेरा अनि प्रेसको टिसर्ट लगाएर आउनुहुन्छ एकजना पत्रुकार महोदय अनि खिचिक्क फोटो खिचेर सन्जालमा हाल्नुहुन्छ " लकडाउनको पुर्ण पालना, सुरक्षाकर्मीको बाक्लो चेकजाँच" सर्बसाधारणले देख्छ, आहा!! लकडाउनको पालना भएको छ चोक जान हुन्न कडा गरेको छ । नगरपालिकाले/प्रशासनले दुइचार जनालाइ रोकेर सोधपुछ गर्दैछ। अब चै हामी अलि सुरक्षित छौ ।

यता अर्को तिर जनप्रतिनिधिहरु नि खुसी हुनुहुन्छ चोकमा हेर्दा सबैले सुरक्षाकर्मी देखेकै छ्न। मिडिया मेरा हातमा छदैछन केटाहरुले फोटो सामाजिक संजालमा हालेकै छन। दिनको २० जनाको पिसिआर चेक भकैछ त्यो भन्दा के चाहियो। हैट जनप्रतिनिधि हुन कम्ती मजा छ।

अब त्यहिबाट ४ देखि ५ कि.मि भित्र जाउ । गाउका टुक्रे चोकमा भिड देखिन्छन, नभएका नि ४,५ जना भेला भएका हुन्छन । होटेल देखि चिया पसल सबै खुल्ला छन, मान्छे निस्फिक्री हिडिरहेका छन ।कुरा कोरोना फैलिएको सम्बन्धमा भैरहेको छ एउटाले भन्छ - "मास्क लाउनुपर्छ है" त्यतिकैमा अर्को बोल्छ-" प्रहरी यता आउने हैन चोक गएको हैन के को मास्क? बेकारमा निसासिन्छ"।

त्यतिकैमा `प्रहरिको साथी म´ हरर बाइकमा आउछन टिसर्ट लगाएर अनि हात हल्लाउदै भन्छ - "के छ खबर?" यसो घुम्दै हिडेको बस्दै गर्नुहोस म आउछु। सबै आनन्दले गफिएर बस्छन। घाम अलि मधुरो हुदैजान्छ, बजार क्षेत्रमा केही खुल्ला छैन त्यहाका केही मानिस बिहान बेलुका जान्छन हावा खादै खादै । यसो चुरोट अनि हल्का चिरिप्प चेप्छन। टुक्रे दोकानमा नि राम्रो ब्यापार भएको छ । लकडाउन भएर के भयो त ब्यापार त राम्रै हुँदै छ । न त सुरक्षाकर्मी नै आउछ्न निगरानीमा न त कोहि ?? अति आनन्दमय छ दिन ।

बेलुका चोकबाट घर गयो अनि समाचार हेर्न टेलिभिजन खोल्ने बित्तिकै ताजा खबर आउँछ: "आज नेपालभर ७०० जना कोरोना सङ्क्रमित थपिएका छन त्यस मद्दे हाम्रो नगरपालिकामा मात्र ६ जना सङ्क्रमित थपिएका छन" अनि आफैमा बर्बरायो -" उफ्फ मान्छेले नियम पालना नगरेर बित्यास बनाए।"