बिराटचौक,९ भाद्र। बेलबारी नगरपालिकाले समुदायस्तरमै कोरोना भाइरस फैलिएकाले पानी पसल,दुध डेरि,अस्पताल र औषधि पसल बाहेक सम्पूर्ण पसल तथा बजार बन्दको आव्हान गरेपछि नगरपालिकाको कार्यालयबाट आज लकडाउनको प्रभावकारिता बारे बुझ्न र संकटको अवस्थाका बारेमा जानकारी लिन अनुगमन् गरिएको छ । नगरपालिकाकि उपमेयर ढाकाकुमारी पराजुलीको संयोजकत्वमा कार्यपालिका सदस्य बिन्दुकला गुरुङ,इलाका प्रहरी कार्यलय बेलबारीका सइ हस्त थापा,अनुगमन समिती सदस्य अर्जुन कुलुङ सहितको टोलीले बेलबारीका विभिन्न वडाहरु पुगेर मूख्य बजारहरुको अनुगमन गरेको छ।अनुगमनका क्रममा नगरस्तरीय उपभोक्ता हित संरक्षण समिति संयोजक समेत रहेकी पराजुलीले व्यवशायीहरुलाई बजारमा अत्यावश्यक सामग्रीहरुमा चर्को मूल्यबृद्धी र कृतिम अभाव सिर्जना नगर्न सुझाव दिनुभएको छ।साथै अत्यावश्यक बाहेकका पसलहरु बन्द गरि भिडभाड नगर्न र लकडाउनको पूर्णरूपमा पालना गर्न सुझाव दिनुभएको छ।निरन्तर स्वास्थ्य सावधानी अपनाउन सम्पूर्ण नगरवासीमा अनुरोध गर्दै सडकमा हिँडडुल नगर्न,बन्दाबन्दी अबधीभर आआफ्नो घरमा सुरक्षित बस्न,मास्क सेनेटाइजरको अनिवार्य प्रयोग गर्न ,सामाजिक दूरी कायम गरेर स्वास्थ्य सतर्कता अपनाउन अनुगमन टोलिद्वारा अनुरोध गरिएको छ । केही पसलहरु खुला गरेको पाइएकोले उक्त पसलहरुलाई पनि बन्द गराइएको छ ।निजी गाडी, टेम्पो,सिटी सफारी, मोटरसाइकल तथा पैदल हिँडडुल गर्नेहरुलाई समेत सचेत गराइएको छ । अनुगमनका क्रममा केही व्यवशायीहरुले तरकारीजन्य वस्तुमा अनावश्यक मूल्यवृद्धि गरेको पाइएकोले महामारीको फाइदा उठाइ मूल्यवृद्धि कालोबजारी गर्ने व्यापारीलाई आइन्दा यस्ता कार्य गरेको पाइए नियमानुसार कार्वाही गरिने उपप्रमुख पराजुलीले बताइन् । मङ्गलबार एकै परिवारका तीन जनालाई कोरोना पोजेटिभ देखिएसँगै बेलबारीमा सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ।


