विराटचोकः आज फेरि सुनको भाउ घटेको छ । केही दिनदेखि घटिरहेको सुनको भाउ हिजो ८ सय रुपैयाँ बढे पनि आज तोलामा ७ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, तेजाबी सुनको भाउ प्रति तोला ९६ हजार ४ सय र चाँदीको भाउ प्रति तोला १ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ ।