झापा, २६ भदौं । झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
शुक्रबार बिहान साढे ९ बजे नेपाल–भारत सीमाक्षेत्रलाई केन्द्र बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार उक्त भूकम्पको धक्का झापासहित पूर्वका केही जिल्लामा पनि महसुस गरिएको थियो । यसअघि धादिङलाई केन्द्र बनाएर बुधबार ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।





















