________________योगेश राजभण्डारी

कार्ल हेन्-रिक् मार्क्स (५ मे १८१८ - १४ मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो । उनको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो । कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले सन् १८४८ को फेब्रुअरी २१ मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto) को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सारमा "अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो" The history of all hitherto existing society is the history of class struggles.” लेखेका थिए ।


यसमा मार्क्सले "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ । जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूँजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ "भन्ने तर्क दिएका छन् ।
फ्रेडरिक एंगेल्स (२८ नोभेम्बर, १८२० – ५ अगस्त, १८९५ एक जर्मन समाजशास्त्री एवं दार्शनिक थिए । एंगेल्स र तिनको साथी कार्ल मार्क्स लाई मार्क्सवाद प्रतिपादनको श्रेय प्राप्त छ। फ्रेडरिक एंगेल्स (२८नोभेम्बर, १८२० – ५ अगस्त, १८९५ एक जर्मन समाजशास्त्री एवं दार्शनिक थिए एंगेल्स र तिनको साथी साथी कार्ल मार्क्स मार्क्सवाद का सिद्धान्तका प्रतिपादनको श्रेय प्राप्त छ। मार्क्स र एङ्गेल्सको पहिलो भेट १८४४ मा पेरिस मा भएको थियो । भेट पछि उनिहरुले एक अर्कालाई सहयोग गर्न थाले ।


एंगेल्सले १८४५ मा इंग्ल्याण्डका मजदूर वर्गको स्थितिमा द कंडीशन आफ वर्किंग क्लास यी इंग्ल्याण्ड नामक पुस्तक लेखे । उनले मार्क्सका साथ मिलेर १८४८मा कम्युनिस्ट घोषणापत्रको रचनाको र पछि अभूतपूर्व पुस्तक "पूंजी" दास कैपिटललाई लेख्न मार्क्स लाई आर्थिकमा मदद गरे मार्क्सको मृत्यू भएपछि एंगेल्सले पूंजीका अर्का र तेस्रो खंडको संपादन पनि गरे। शोषणविहीन समाजको स्थापनार्थ बाटो देखाउनुहुने कार्ल मार्क्स र उहाँको योगदानबारे चर्चा चलिरहेको छ । प्रगतिशील तथा मार्क्सवादी साहित्यमा अभिरुचि राख्ने नयाँ पुस्ता मार्क्सले आफ्नो जीवनकालमा लेख्नुभएका थुप्रै कृतिहरू खोजी खोजी अध्ययन गर्दैछन् । एक्काइसौं शताब्दी समाजवादको शताब्दी हुने सङ्केत देखापर्नु कामदार वर्गको निम्ति उत्साह एवं गौरवको विषय हो ।


२० औं शताब्दीमा मार्क्सवाद पुरानो भयो भन्ने बहस नचलाइएको होइन । ‘इतिहासको अन्त्य’ को घोषणा गर्दै मार्क्सवाद म्याद नाघेको तर्क गर्नेहरूसमेत देखिएका थिए । तर क्रान्तिकारी र कम्युनिष्ट विचारप्रति आस्थावान हरेकले मार्क्सवादलाई एउटा वैज्ञानिक सिद्धान्तको रुपमा स्थापित गरेरै छोडे । मार्क्सले दर्शन, राजनीतिशास्त्र, साहित्य, अर्थशास्त्रलगायतका विषयहरू मार्क्सवादी दृष्टिकोणले उन्नत बनाएर कामदार जनताको मुक्ति र वर्गविहीन तथा समतामूलक समाज स्थापना गर्न वैचारिक र सैद्धान्तिक प्रशस्त आधार दिनुभयो । मार्क्सवादी आर्थिक सिद्धान्तको आधारशिलाको रुपमा मार्क्सले अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गर्नुभयो ।

पुँजीवादी व्यवस्थालाई एउटा प्राकृतिक व्यवस्था र पुँजीवादका आर्थिक नियमहरूलाई शाश्वत तथा अपरिवर्तनीय ठान्ने एडम स्मिथ, डेविड रिकार्डो लगायत अन्य शास्त्रीय अर्थशास्त्रीहरूविपरीत मार्क्सले पुँजीवादी उत्पादनका नियमहरू अस्थायी स्वरुपका छन् र पहिलेका उत्पादन प्रणालीहरू झैँ पुँजीवादी उत्पादन प्रणाली पनि खत्तम हुनेछन् भन्ने कुरा संसारसामु राख्नुभयो । मार्क्सको अधिकाङ्श कृतिहरुमा अर्थशास्त्रको बारेमा चर्चा गरिएको पाइन्छ । मार्क्सको व्यक्तित्व चौआयामिक देखिन्छ । उनलाई अर्थशास्त्री ,दार्शनिक , समाजशास्त्री र राजनीतिज्ञ को रुपमा बिशेष दखल भएको व्यक्तिको रुपमा लिने गरिन्छ । मार्क्सको विचारमा अर्थशास्त्रको अध्ययन गर्नु भनेको मानव समाजको शरीर बिज्ञान हो तथा पुजीवादी आर्थिक गतिको नियमलाई नङ्याउनु हो । मार्क्सले अर्थशास्त्रको अध्ययन अनुसन्धान गर्ने क्रममा आफ्नो दार्शनिक खोजलाई समेत अगाडि बढाए । त्यसैले मार्क्सलाई अर्थशास्त्री भन्दा कसैको कुनै आपत्ति नरहला ।


मार्क्सले एँगेल्सलाई पठाउनुभएको एउटा पत्रमा भनिएको थियो– ‘अतिरिक्त मूल्यको सिद्धान्त’ एउटा पृथक र विशेष महत्वको कार्य हो ।” अतिरिक्त मूल्यको सिद्धान्तलाई लेनिनले मार्क्सको राजनीतिक अर्थशास्त्रको आधारशिला हो भन्नुभएको छ । पुँजीवादी शोषणको आर्थिक आधार प्रस्ट पार्दै उहाँले मजदुरद्वारा उत्पादनमा पैदा गरिने मूल्य उसले श्रमबापत पाउने मूल्य भन्दा बढी हुन्छ र सो बढी अंश नै पुँजीपतिको नाफा हो भन्ने प्रस्ट पार्नुभयो । पुँजीवादी समाजमा नाफा र ज्याला एकअर्काको उल्टो अनुपातमा रहने कुरा खुलस्त पार्दै मार्क्सले जतिजति पुँजी र उत्पादक शक्तिहरूको वृद्धि हुन्छ त्यति नै बढी मात्रामा मजदुरहरूको शोषण हुन्छ भन्ने निष्कर्ष निकाल्नुभयो ।


पुँजीवादी समाजमा नाफा र ज्याला एकअर्काको उल्टो अनुपातमा रहने कुरा खुलस्त पार्दै मार्क्सले जतिजति पुँजी र उत्पादक शक्तिहरूको वृद्धि हुन्छ त्यति नै बढी मात्रामा मजदुरहरूको शोषण हुन्छ भन्ने निष्कर्ष निकाल्नुभयो । मार्क्सवादी अर्थशास्त्रको मुल बिषय वस्तुको रूपमा मुल्यको श्रम सिद्धांत , अतिरिक्त मुल्यको सिद्धान्त , पुजीवादी संकटको सिद्धान्त र बैज्ञानिक समाजवाद तथा साम्यवाद को सिद्धान्त पर्दछ । यस मध्य महत्वपूर्ण मानिएको अतिरिक्त मुल्यको सिद्धान्त को यहाँ ब्याख्या गर्ने प्रयास गरिएको छ ।

अतिरिक्त मूल्यको सिद्धान्त (Theory of surplus value )
मार्क्सले अतिरिक्त मूल्यको सिद्धान्तको व्याख्या सन् १८५७ – ५८ मा राजनीतिक अर्थशास्त्रको आलोचना भन्ने कृतिमार्फत गर्नुभयो । आर्थिक सिद्धान्तका आधारभूत विशेषताहरूको विस्तृत व्याख्या भएको निबन्धसङ्ग्रह ‘१८५७ – ५८ को आर्थिक पाण्डुलिपि’ प्रकाशित भयो । मार्क्सको अतिरिक्त मूल्यको सिद्धान्त नामक पुस्तक सन् १८६३ मा प्रकाशित भयो । सन् १८६५ मा मार्क्सको एउटा आर्थिक कृति ‘ज्याला, मोल र नाफा’ प्रकाशित भयो भने पुँजी भाग १ सन् १८६७ मा प्रकाशित भयो । पछि ‘अतिरिक्त मूल्यको सिद्धान्त’ पुस्तकका ३ खण्ड र पुँजीकै ३ खण्ड प्रकाशित भयो ।


यसले शास्त्रीय र पुँजीवादी अर्थशास्त्रीहरूको एउटा धारलाई भत्काएर समाज परिवर्तनको अर्को आर्थिक सिद्धान्तलाई अझ बलियोसित स्थापित ग¥यो । पुँजीलाई पुँजीवादी अर्थशास्त्रीहरूले भन्दा उहाँले भिन्नै दृष्टिकोण दिनुभयो । पुँजीको सारतत्वको सम्बन्धमा मार्क्सको बुझाइ अत्यन्त गहन प्रमाणित भयो । पुँजीलाई वस्तुको साधारण योग ठान्ने रिकार्डोको धारणाविरुद्ध मार्क्सले पुँजी एक निश्चित सामाजिक सम्बन्ध हो भन्ने महत्वपूर्ण धारणा प्रस्तुत गर्नुभयो मार्क्सका अनुसार एक बस्तुको दुई भिन्न प्रकारको मुल्य हुने गर्दछ ।

(१) प्रयोग मुल्य र
२) बिनिमय मुल्य

ब्यक्तिको लागि बस्तुको उपयोगिता र आवश्यकताको आधारमा त्यसको प्रयोग मुल्य निर्धारण हुन्छ । जस्तै कोहि ब्यक्ती तिर्खाएको छ भने उसलाई पानीको उपयोग या प्रयोग मुल्य सुनको भन्दा पनि बढी हुन्छ । तर कोही ब्यक्ती तिर्खाएको छैन भने उसको लागि पानीको कुनै मुल्य हुदैन । बिनिमय मुल्य को प्रश्न त्यो बेला आउँछ , जुन बेला कुनै बस्तुमा मानव श्रमको प्रयोग भएको हुन्छ र त्यसलाई बजार बेचिन्छ । मार्क्सको भनाई मा अर्थ ब्यवस्थामा बिनिमय मुल्य को नै अन्यको भन्दा बढी महत्त्व रहेको हुन्छ किनभने त्यहा श्रमको प्रयोग भएको हुन्छ ।
कुनै पनि वस्तुको बिनिमय मुल्य मानव श्रमको प्रयोगको मात्राबाट निर्धारण गरिएको हुन्छ । मानव श्रम नै कुनै बस्तु निर्माणको लागि खर्च गरिएको हुन्छ । मार्क्सको भनाईमा श्रम नै बस्तुहरुको वास्तविक मुल्य निर्धारक हो र यहि नै मुल्यको श्रम सिद्धान्त हो ।


मार्क्सले पुजिपती र श्रमिक वर्गको बीचमा लगातार चल्ने सङर्षको कारण नै अतिरिक्त मुल्यको सिद्धान्तलाई मानेका छन । उनका अनुसार प्रत्येक बस्तुको वास्तविक मुल्य , त्यसमा लागेको श्रम अनुसार हुन्छ । तर बजारमा त्यो बस्तु अधिक मुल्यमा बेचिने गरेको छ । र त्यसरी बढी मुल्यमा बेचिएर प्राप्त भएको बढी मूल्य या अतिरिक्त मूल्य पुजिपतिले कब्जा गर्दछ्न , त्यही नै अतिरिक्त मूल्य हो ।


मार्क्सले रिकार्डोको मुद्रासम्बन्धी परिमाणात्मक सिद्धान्त (Quantitative theory of money) को खण्डन गर्नुभयो । प्रचलनमा रहेको मुद्राको परिमाणबाट यसको मूल्य उत्पन्न हुन्छ भन्ने रिकार्डोको धारणाको आलोचना गर्दै उहाँले मुद्राको परिमाण हुने वस्तुहरूको मोलको कुल योगमा निर्भर गर्दछ भन्ने धारणा अघि सार्नुभयो । रिकार्डोले तिरो (Rent) सम्बन्धी सिद्धान्तको प्रतिपादन गर्दा ¥हासोन्मुख प्रतिफलको नियम (Law of Diminishing Returns) लाई आधार बनाएका थिए र त्यस आधारमा सबैभन्दा खराब जग्गामा खेती गर्नाले अन्नको मोलमा वृद्धि हुन्छ ।
त्यसबाट कुल तिरोको रकम बढ्न जान्छ भन्ने धारणा प्रस्तुत गरेका थिए ।

मार्क्सले ¥हासोन्मुख प्रतिफलको नियम पुरै अव्यावहारिक, अयथार्थवादी भएकोले रिकार्डोको उक्त धारणा पूरै गलत साबित गर्दै कृषिमा उत्पादन शक्तिहरूको विकास र भेदजन्य तिरो (Differential rent) का बीचमा सम्बन्ध रहेको कुरा देखाउनुभयो । उहाँको यस धारणाअनुसार कृषि उत्पादकत्वको वृद्धिबाट कृषि उपजको मोल घट्दा तिरो आवश्यकीय रुपले घट्दैन बरु व्यवहारतः बढ्न गएको पाइन्छ । जीवन निर्वाहमुखी सिद्धान्तलाई विकास गर्दै रिकार्डोले ज्यालाको सिद्धान्त (Wage fund Theory) को विकास गरे ।


जसमा थोमस माल्थसको जनसङ्ख्या सिद्धान्तलाई पनि रिकार्डोले आफनो सिद्धान्तमा जोडेका थिए । रिकार्डोले श्रमिकको ज्याला बजारको मूल्यअनुसार न्यूनत्तम र जीवन निर्वाहमुखीमात्र हुनुपर्छ भन्ने सिद्धान्तको खण्डन मार्क्सले अतिरिक्त मूल्यको सिद्धान्त मार्फत गर्नुभयो । श्रमिककै ज्यालाबाट मजदुर मालिकले नाफा प्राप्त गर्ने हो भन्ने विचार अघि सार्नुभयो । अतिरिक्त मूल्य भनेको मजदुरले उत्पादन गरेको मूल्य र उसको श्रमशक्तिको मूल्यबीचको अन्तर हो । यही अन्तरलाई पुँजीपतिहरू आफ्नो नाफाको रुपमा व्याख्या गर्छन् । अतिरिक्त मूल्यको सिद्धान्तले समाजमा पुँजीपति वर्गले मजदुर वर्गको शोषण कसरी र कतिसम्म गर्दारहेछन् भन्ने स्पष्ट पार्छ ।
पुँजीपतिहरूले मजदुरहरूको श्रम खरिद गर्छन् । अझ भनांै श्रमिकलाई नै खरिद गर्छन् । यसरी पुँजीपति वा मजदुर मालिकहरूले मजदुरहरूका सम्पूर्ण उत्पादन र उत्पादन क्षमता आफ्नो स्वामित्वमा लिन्छन् । पुँजीपतिहरूले सोही उत्पादित वस्तुको किनबेचबाट थप पुँजीको निर्माण गर्दै जान्छन् । यसकारण माल अर्थात् वस्तुको परिचालन पुँजीको प्रस्थान विन्दु मानिन्छ ।

मालको परिचालनको अन्तिम फल नै पुँजी हो साथै पुँजी, भूमि, श्रम, सङ्घसंस्थाको सही व्यवस्थापनबाट वस्तुको उत्पादन गरिन्छ यसरी वस्तुको उत्पादन र विनिमयले पुँजी निर्माण हुन्छ । हरेक माल वा वस्तुको दुई रुप हुन्छ : पहिलो उपयोग मूल्य (use value), माल – मुद्रा – माल (C-M-C) यसमा मुद्राको मानमा रुपान्तरण, मालको पुनः मालमा रुपान्तरण हुन्छ । यो किन्नका लागि बेच्ने प्रक्रिया हो । यसले उपभोगलाई महत्व दिन्छ । दोस्रो विनिमय मूल्य (Exchange Value) मुद्रा–माल–मुद्रा (M-C-M) यसमा मालको मुद्रामा रुपान्तरण र मुद्राको पुनः मालमा रुपान्तरण हुन्छ । यो बेच्नका लागि किन्ने प्रक्रिया हो । यस तरिकाको मुद्रा पुँजीको रुपमा विकसित हुन्छ, पहिलेभन्दा बढी पुँजी ।


मानौं २० ग्राम कपास रु. १०० मा किनेर रु. ११० मा बेचेछ भने १० रुपैयाँ उब्रिन्छ । त्यो १० रुपैयाँ पुँजीपतिले पुँजीको रुपमा जम्मा गर्दै लग्छ । पुँजीलाई बढाएर उत्पादन वृद्धि गर्नु पुँजीपतिहरूको उद्देश्य रहन्छ । उसले त्यही माल तयार गर्न चाहन्छ, जुन बिक्री गर्न पाइन्छ जसको मूल्य उसको उत्पादनमा प्रयोग हुने मूल्य भन्दा बढी हुन्छ । यसको लागि उनीहरू आफ्नो उत्पादन लागत कसरी घटाउने भन्नेतर्फ केन्द्रित हुन्छन् । उत्पादनका साधनहरू मुठीभर शासकहरूको हातमा हुने व्यवस्थामा श्रमशक्ति, वस्तुमा उपयोगिता सृजना गर्नसक्ने सामथ्र्यमाथि नियमित निगरानी भइरहन्छ । श्रम प्रक्रियामा श्रमिकको व्यक्तिगत सामथ्र्य, (परिवर्तनशील पुँजी) प्रकृति प्रदत्त चिजहरूः भूमि, जङ्गल, कच्चापदार्थ आदि र श्रमका उपकरणहरू (स्थिर पुँजी) गरी तीन तत्वहरू आवश्यक पर्छ ।


अर्थशास्त्रको भाषामा वस्तुको मूल्य निर्धारण गर्दा स्थिर पुँजी र परिवर्तनशील पुँजीमा अतिरिक्त मूल्यसमेत जोडिन्छ । यहाँ यो प्रक्रियामा वस्तु उत्पादन गर्दा आवश्यक कच्चापदार्थ र श्रमको उपकरणहरूमा अर्र्थात स्थिर पुँजीमा पुँजीपतिले आफ्नो लागत घटाउन सक्दैन । उसको ध्यान श्रमिकको श्रमको मूल्य (ज्याला) मा पर्छ ।
श्रमको मूल्य घटाएरै अतिरिक्त मूल्य पैदा हुन्छ । काम गर्दा सबै मजदुरले सृजना गर्ने मूल्य जहिल्यै आफूले प्राप्त गर्ने ज्यालाभन्दा बढी हुन्छ । त्यो अतिरिक्त मूल्य मालिकको खल्तीमा जान्छ । एउटा उदाहरण लिऊँ– एकजना श्रमिकले कारखानामा काम गर्ने समयको अवधि ८ घण्टा हो, आफ्नो श्रम शक्तिको बिक्री सो श्रमिकले रु. १०० मा गर्छ तर कामबाट सिर्जित मूल्य रु. २०० छ भने यहाँ अतिरिक्त मूल्य भनेको श्रमिकले उत्पादनमा लगाएको आफ्नो मूल्यमा श्रमिकले वास्तवमा प्राप्त गर्ने मूल्य घटाएको रकम हो ।अतिरिक्त मूल्य रु. २०० – रु. १०० = रु. १००/-
यसरी के बुझ्न सकिन्छ भने श्रमिकले रु. २०० बराबरको काम गर्छ ८ घण्टामा तर प्राप्त गर्दा रु. १०० मात्र पाउँछ । पुँजीपतिले त्यो उब्रेको रु. १०० आफ्नो नाफा बताउँछ । माक्र्सले त्यसलाई अतिरिक्त मूल्य भन्नुभएको छ । श्रमिकहरूलाई दिनुपर्ने रकम नदिएर गरेको शोषण हो भन्नुभएको छ । उत्पादन प्रक्रियामा मजदुरले लगाउने श्रमको दुई भागमा विभाजन गर्न सकिन्छ ।


१) ज्यालाको श्रम (आवश्यक श्रम)
२) विनाज्यालाको श्रम (अतिरिक्त श्रम)
विनाज्यालाको श्रमको हिस्सा नै अतिरिक्त मूल्यको स्रोत हो । माथिकै उदाहरण अनुसार ८ घण्टाको श्रम समयमा यदि ४ घण्टा ज्यालास्वरुपको श्रम हुन्छ भने ४ घण्टा अतिरिक्त श्रम समय हो । यही अतिरिक्त श्रम समयको माध्यमबाट मजदुर मालिक झन्झन् मोटाउने गर्छ । नाफा कमाउने अनवरत र अनन्त क्रिया नै पुँजीपतिको एकमात्र लक्ष्य हुन्छ ।” नाफाका लागि पुँजीपतिले ठगी गर्छ, घूस खुवाउँछ, भ्रष्टाचार गर्छ र सारा अनैतिक कामलाई बढावा दिन्छ । अतिरिक्त मूल्यका लागि उसको भोक र तीर्खा कहिल्यै शान्त हुँदैन र यो अभियानमा ठूलठूला अपराध गर्न उनीहरु पछि हट्दैनन् । अरु त अरु नाफाका लागि पुँजीपतिहरू आफै लाई झुण्ड्याउनसमेत तयार हुन्छन् भन्ने गरिन्छ ।


नाफाकै लागि श्रमिकहरूको अतिरिक्त श्रम र समय लम्ब्याउने अर्थात् विनाज्यालाको श्रम अबधि बढाउनेतर्फ पुँजीपतिहरू केन्द्रित हुन्छन् । अर्को भाषामा अतिरिक्त मूल्यको दर बढाउँदै लैजानुलाई प्राथमिकता दिन थालिन्छ । यदि कुनै वस्तु उत्पादनबाट नाफा नहुने भयो भने व्यवसाय बन्द गरेर मजदुरहरूलाई बेरोजगार बनाई भोक–रोग–शोकको गहिरो खाल्डोमा जाक्नेसमेत गर्छ । त्यसकारण श्रमिकलाई अझ बढी काम गराइन्छ । दिनको २४ घण्टा काममा खटाउन पनि मजदुर मालिक पछि हट्दैन । यसको अर्थ २४ घण्टा बराबरको उत्पादन श्रमिकलाई गर्न लगाउँदा मजदुर मालिकले अत्यधिक नाफा कमाउँछ ।


त्यसबाट अतिरिक्त मूल्यको दर अर्थात् शोषणको दर बढ्दै जान्छ । अतिरिक्त मूल्यको दरले पुँजीद्वारा श्रमिकको शोषण कति मात्रामा गरेको हुन्छ भन्ने स्पष्ट व्याख्या गर्छ । एउटा उदाहरण लिऔं– मानौं, ८ घण्टाको कार्य दिनमा ४ घण्टा मजदुरले आफ्नो श्रमको मूल्य पैदा गर्नमा लगाउँछ भने वाँकी ४ घण्टा अतिरिक्त मूल्य पैदा गर्नमा लगाउँछ । यहाँ सुत्रअनुसार अतिरिक्त मूल्यको दर = अतिरिक्त श्रम (विनाज्यालाको श्रम)÷आवश्यक श्रम (ज्यालादारी श्रम)× १०० =४ घण्टा÷४ घण्टा × १०० =१००% यो १०० प्रतिशतले शोषणको दर देखाउँछ । यदि अतिरिक्त श्रम बढाइयो र ६ घण्टा पु¥याइयो भने ३०० प्रतिशत शोषणको दर पुग्छ र पुँजीपतिहरूको मथिंगलले यही शोषणको दर बढाउनेबाहेकको अरु कल्पनै गर्दैन भन्नुहुन्थ्यो कार्ल माक्र्स ।


मार्क्सको भनाईमा अतिरिक्त मुल्य त्यो दुई मुल्यको बीचको अन्तर हो , जुन मजदुर या श्रमिकले पैदा गर्दछ र जुन उसले वास्तविक रुपमा पाउने गर्दछ । यदि हामिले इमानदारीताका साथ हेर्ने हो भने त्यो अतिरिक्त मूल्य श्रमिकले पाउनुपर्ने हो । तर पुजिपती श्रमिक को बाध्यता को लाभ उठाउदछ र अतिरिक्त मुल्यबाट आफ्नो सम्पती बढाउदछ । यहि कारणले धनी र निर्धनको बीचमा खाडल बढ्दै जान्छ र निरन्तर बर्ग सङर्ष चलिरहेको हुन्छ ।पुँजी सञ्चय भनेको मुठीभर व्यक्तिको हातमा पुँजी केन्द्रिकृत हुनु हो । २०१८ को तथ्याङ्कअनुसार संसारको कुल पुँजीको आधा ८ जना व्यक्तिको हातमा छ । यसले धनी र गरिबबीचको ठूलो खाडललाई छर्लङ्ग्याउँछ । यसले धनी झन्झन् धनी र गरिब झन्झन् गरिब हुने प्रक्रियालाई बलियो बनाउँछ ।


यसरी अतिरिक्त मूल्यले सिङ्गो पुँजीवादी व्यवस्थालाई नै बलियो बनाउँछ । पुँजीवादी व्यवस्थाले नै अतिरिक्त मूल्य पैदा गर्ने हुँदा पुँजीवादकै विरोध आवश्यक छ । कहीं कतै भनिएको छ– “यो अतिरिक्त मूल्य नै पुँजीवादलाई चित्तामा पु¥याउने कारक बन्छ ।” यसको अर्थ के हुनसक्छ भने अत्यधिक शोषणमा परेका जनता, कामदार वर्ग अत्याचारविरुद्ध आँधीबेहरी सरि उठ्नेछन् र पुँजीवादी व्यवस्था ढाल्नेछन्, समाजवादको स्थापना हुनेछ ।
समाजवादको उज्यालोतिर उन्मुख हुन उत्साहित गर्दै माक्र्सले भन्नुभएको थियो– “संसारको अहिलेसम्मको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” वर्गसङ्घर्ष अकाट्य छ, वर्गसङ्घर्षकै सृङ्खलाहरूले अतिरिक्त मूल्यले बलियो बनाएको पुँजीवादी व्यवस्थाको साम्राज्य पनि खत्तम हुनेछ, समाप्त हुनेछ ।

लेखक योगेस राजभण्डारी ईन्स्टिच्युट अफ क्रीटिकल डाइलग (आइसिडी) को नाममा प्रदेश कमिटी प्रशिक्षण विभागका सल्लाहकार हुनुहुन्छ ।