मोरंगको लेटांगमा पछिलो समयमा राजनितीक होस् या सामाजिक क्षेत्रमा काम गरेर चर्चामा रहेकी शान्ती पाख्रीनको समाज क्याफेमा पुगयौ र हामि उनिसंग गफगाफ गर्न थाल्यौ हामिले कुरालाई अगाडी बढाइरहेको थियौ त्यहि बखत , दुई स्थानिय युवाहरू उनले संचालन गरेको खाजा घरमा आएर भने दिदी खाना पकाउने बेला भएन ? ५ बज्न पो लागिसक्यो त ? जनता त पर्खिरहेका छन् नि ,हामि नजानिँदो तरीकाले उनीहरुको सम्बाद सुन्दैथियौ ।

त्यहिबेला उनको उत्तर थियो आफ्नो भितिजलाई राहात सामाग्री ल्याउन अनुरोध गर्दै भनिन सबै सामान मिलाएर ल्याउनु,, नुन, तेल, दाल, चामल, न्युटला जुन सामाग्री उनिहरुले संचालन गरेको फुड ब्याङकमा स्टोर गरेर राखिएको थियोे । मैले नजानिदो हुदै केही प्रश्न तेर्साए के हो राहात सामाग्री धेरै नै छ कि क्या हो ? अझैसम्म पनि ,राहात बितरण गरिरहनु भएको छ? उनले अलिक भावुक हुदै भनिन यो फुड बैंकमा केही राहात राखेको छौ जसको घरमा चुल्हो बल्दैन, असाहाय, अपाङ्ग बृद्धअबश्थामा हुनुहुन्छ घरमा अन्य परिवारको सदस्यहरु नि छैनन् उहाँहरूको निम्ति सहयोगी मनहरुबाट संङ्कलन गरेको छौ ।

120077317_3425587060828799_6872715273286737774_n

 

यसरी स्थानिय बासिन्दाबाट सहयोगको अनुरोध आएपछि स्थलगत गएर दिन्छौ।यति भनी नसक्दा भतिजोले दुई बोरा राहात सामाग्री लिएर आउछन्। तत्कालै आफ्नो ब्यबसायलाई थाति राखेर टेम्पोमा दुई युवा भाईहरुको साथ लागेर गन्तव्य तिर लागिन । उनले ती गरिब,असाहायहरुको चुल्हो मात्रै बालिन्न्। स्थलगत पुगेपछि गोमा सुरालि मगरको घरमा पुग्दा उनी अत्यन्तै दुखी बनिन् ।

दुई दम्पति मध्ये सुरालि मगर अर्धचेतनमा थिइन भने गोमा हातगोडा नचल्ने अवस्थाको अपांगता थिईन, उपचारको निम्ति अस्पताल लगिएता पनि पैसाको अभावको कारण उपचार नगरी फर्केको कुरा उनलाई सुन्नमा आयो ,नेपाल सरकारले ल्याएको  बिमा कार्यक्रममा पनि पैसा नभएको कारण सहभागी नभएको सुनेपछि तुरुन्तै सरकारबाट खटिएको बिमाकर्तालाई स्थलगत फोन मार्फत झिकाई बिमा रकम समेत तुरुन्त गराइन । सायदै उनलाई नजिकैबाट होस या टाढाबाट नचिन्नेहरु १ नम्बर प्रदेशमा कमै होलान् ।

कहिले सेल रोटी बेच्न बजार धाउछिन् त कहिले राहात सामाग्री बोकेर जनताको घर दैलोमा ,कहिले अस्पतालको सैयामा कहिले अदालमा भेटिने उनि आज भने हामिले उनले संन्चालन गरेको खाजाघरमानै भेट्यौ । आम्दानिको २०% यसरीनै दिन दुखीहरुमा खर्च गर्छिन्।

IMG_20200927_153037_1601200161

यसअघि पनि कोभिड १९ ले प्रभावित भएको मजदुर ज्यालादारी गर्ने नागरिकलाई आफ्नो गहना समेत बेचेर २ लाख १३ हजारको राहात बितरण गरि मानविय काम गरिसकेकी छिन । साच्चिकै जनप्रतिनिधि शान्ती जस्तो भएको भए जनताको मतको कदर हुने स्थानिय बासीहरु बताउछन । आउदो दिनहरुमा शान्ती जत्तिको युवा जुझारु नेत्रीलाई लेटाङ्ग को जनताहरुले जनप्रतिनिधि भएको हेर्न  कहिले पाउछन भन्ने हाम्रो पनि कौतुहलता नै रहेको छ र साथै उनको राजनितिक भबिष्यप्रतिको सुभकामना ।