बिराटचोक,१५ असोज 

मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुन्दरहरैचा उधोग वाणिज्य संघको निर्वाचनको चहलपहल बढिरहेको बेला नेकपाले भने अध्यक्ष पदको उम्मेद्वार टुंगो लगाउन सकेको छैन। बिगतमा अधक्ष्य,महासचिब सहित धेरै सदस्यहरु सुन्दरहरैचा उवा संघमा निर्वाचित सो पार्टीको तर्फबाट अधक्ष्यमा आकांक्षी धेरै भएको हुदा टुंगो लगाउन नसकेको हो ।

नेकपाबाट अध्यक्ष पदको लागि बर्तमान अधक्ष्य नबराज चापागाइको नाम अगाडी आएको छ। बर्तमान महासचिब सन्तोष वान्तवा,टीका कट्टेललाई,अर्का युवा ब्यावसायी रामकृष्ण खड्कापनि दावेदार देखिका हुदा अधक्ष्यमा टुंगो लगाउन हम्मेपरेको हो । तर केहिदीन देखि यता नेकपा नेता बान्तवाले आफु नउठ्ने भन्ने पनि प्रतिक्रिया दिएको पनि सुनिन आएको बर्तमान अधक्ष्य नवराज चापागाइले बताए, यदि त्यसो हो भने चापागाइलाइ अधक्ष्य बनाएर रामकृष्ण खडकालाई उपाधक्ष्य या सचिबमा उम्मेदवार बनाएर लगिने नेकपाको श्रोतले बताएको छ। त्यस्तै सुन्दरहरैचाका अर्का युवा ब्यावसायी डिल्ली ढकालले भने बर्तमान अध्यक्षनै दोहोरिने सम्भावना धेरै रहेको बताउछ्न |

हाल राजनीतिक रुपमा स्वतन्त्र देखिए पनि तत्कालिन नेकपा एमाले इन्द्रपुर गाउ कमिटीको सचिव समेत भैसकेका व्यक्ती टीका कट्टेलपनि अधक्ष्य पदको उम्मेद्वारको लागी इछ्या ब्याक्त गरेका छन । नेकपाले कट्टेल जस्तो सालिन र बौदिक ब्याक्तीत्वलाइ नेकपाको तर्फबाट अध्यक्षमा उठ्न अवस्वर दिए नेकपालाइ राजनीतिक क्षेत्रमा ठुलो फाइदा पुगने नेकपाको नेता भक्तकिरण राइले बताए । त्यसैले कट्टेललाइ अधक्ष्य पदको लागी अगाडी सार्ने भएको नेकपाको श्रोतले जनाएको छ । यता टीका कट्टेललेपनि नेकपाले आफूलाइ चुनावी मैदानमा जाने अवस्वर बनाइदिए त्यसकोलागि आफु नेकपाप्रति आभारी हुने कट्टेलले बताए ।


संघमा अध्यक्ष पदको लागि नेपालि कांग्रेसको तर्फबाट कृष्ण रिजालले उम्मेद्बारी दिने भएका छन । कोशीहरैचा उधोग वाणिज्य संघ भएकै बेला उनी संघको वरिष्ठ उपाध्यक्षमा कार्यरत छन । तत्कालिन अवस्थामा नेकपा एमाले र नेकपा माओवादी बिच भिन्नमत हुदा नेपाली काङ्ग्रेस तर्फबाट जित सुनिस्चित नहुने देखिए पछि त्यतीखेर रिजाललाई माओबादीको फेर समाएरमात्रै वरिष्ठ उपाधक्ष्य बन्ने सौभाग्य पाएका थिए अहिले माओबादी र नेकपा एक भएको छ । रिजालको अधक्ष्य बन्ने सपना अधुरै हुने अडकल बाजी हुनेगरेको छ ।

नेकपा माओवादी र काङ्ग्रेशको तालमेलबाट अध्यक्षमा नवराज चापागाई र वरिष्ठ उपाध्यक्षमा कृष्ण रिजाल निर्वाचित भएका थिए भने महासचीव लगायत धेरै सिट तत्कालिन नेकपा एमालेको तर्फबाटका उम्मेदवार हरुले जित हासिल गरेका थिए । सो उवा संघको स्थापना इन्द्रपुर हुदा स्थापना भएको हो भने कोशीहरैचा हुदा त्यसको नेतृत्व नवराज चापागाइले सम्हालेका थिए ।यहि असोज २३ गते हुने साधारण सभाबाट चापागाइ अधक्ष्यबाट बिदाहुदैछन । हाल कोशिहरैचाबाट सुन्दरहरैचा उवा संघ अधक्ष्य चापागाईको पालामा भएको छ ।

स्पष्टबक्ता र क्षमताका धनिभएका चापागाई अधक्ष्य हुदा उधोगी पक्षमा राम्रो काम गरेको स्थानिय ब्यावासायीहरुको भनाइ छ । त्यतीमात्र नभई उहाले फेरी अधक्ष्य मा उमेद्वारी दिनु पर्छ भन्ने आम उधोगी ब्यापारीहरुको माग छ।नेकपाले कट्टेल जत्तिको ब्याक्तीलाई नेतृत्व दिएपनि चित्त बुझाइने बिराटचोकको ब्यापारी राजेन्द्र कार्कीले बताए । सो उबासंघको तत्कालिन एमालेको तर्फबाट सस्थापक अधक्ष्य बासु थापा निर्वाचित भएको थिए।