एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन्। दिउँसो सवा ३ बजे हुने खेलमा भारतले दक्षिण अफ्रिकाको सामना गर्नेछ भने बेलुका सवा ६ बजे बंगलादेशले न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। भारत पहिलो खेलमै विजयी सुरुवात गर्न चाहन्छ ।
पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र बंगलादेशसँग २१ रनले पराजित भएको दक्षिण अफ्रिका पनि पहिलो जितको खोजीमा हुनेछ। भारत तेस्रो पटक उपाधि जित्ने धुनमा छ । यसअघि गएराति भएको खेलमा अफगानिस्तानलाई श्रीलंकाले ३४ रनले हराएको थियो।




















