काठमाडौं/बलात्कारले दिएको पीडा भुल्न नसक्दा एक युवतीले आत्महत्या गरेर आफूलाई नै सिध्याउन वाध्य भएकी छन् ।
नेदरल्याण्ड्सको केआर्नहेम शहरमा बस्दै आएकी एक युवतीले इच्छामृत्युको अधिकार प्रयोग गरी आत्महत्या गरेकी छन् । १७ वर्षीय युवती नोआ पान्टहोवेनले गत आइतबार आफ्नै घरमा सरकारी क्लिनिकका कर्मचारीको सहयोगमा आत्महत्या गरेकी हुन् ।
नोआले आफू बच्चा हुँदा यौन उत्पीडनमा परेको बताएकी थिइन् । उनले भनेकी छन्, ‘जीवनमा दुई पटक बलात्कारको शिकार भएँ । जब म ११ वर्ष हुँदा त्यस्तो घटना भएको थियो, फेरि १४ वर्षको हुँदा त्यस्तै अवस्था भोगें ।’ बलात्कारको शिकार भएकी नोआले त्यही चिन्ताले आफूलाई भोक नलाग्ने रोग लागेको बताउँदै आएकी थिइन् ।
पछिल्लो हप्ता नोआले आफ्नो इन्स्टाग्राममा एक सन्देश पोष्ट गर्दै आफूले कानुनको सहयोगमा आत्महत्या गर्न लागेको जानकारी गराएकी थिइन् । १० हजारभन्दा बढी फ्लोवर्स भएको इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘मैले दुःखसँग धेरै लड्दै आएँ । अब त थाकिसकें ।’ पछिल्लो समय नोआले इच्छा मृत्युपत्र पाउनका लागि क्लिनिकसँग सम्पर्क गर्दै आएकी थिइन् । एजेन्सी



















