कञ्चनपुर । सरकारले भूमि समस्या समाधान आयोगमा युवानेत्री कमला बोहरालाई अध्यक्षमा नियुक्त गरिएपछि कञ्चनपुरबासि खुशी भएका छन ।
आयोगको जिल्ला समिति गठनसम्बन्धी मन्त्रिपरिषद्को माघ १५ गतेको निर्णयले कमला बोहोरालाइ अध्यक्षमा नियुक्त गरिएपछि कञ्चनपुरबासिले मन्त्रिपरिषद्को निर्णयलाइ स्वागत पनि गरेका छन । बिधार्थी अवस्थामामै राजनिती क्षेत्रमा होमिएकी बोहोराको उच्च क्षमतालाइ कञ्चनपुरबासिले प्रसंसा गर्ने गरेका छन ।
तत्कालिन नेकपा एमाले निकट अनेरास्ववियुबाट राजनिती यात्रा शुरु गरेकी बोहोरा केद्रीय कमिटीको सदस्य हुदै सचिवालय सम्म जिम्मेवारी निर्वाह गरीसकेकी उनि हाल नेकपाकि केन्द्रीय सदस्यको जिम्मेवारीमा छिन । कन्चनपुर स्थित जनता बहुमुखी क्याम्पसको स्ववियु सभापती भइ काम गरेकी उनि त्यतीबेला बिधार्थीहरु माझ लोकप्रिय नेताको रुपमा स्थापित थिइन ।
चाइनाबाट स्नाकोत्तर सम्मको सिक्षा हासिल गरि सकेकी बोहोराले जस्तो सुकैपनि जिम्मेवारी सजिलै संग बहन गर्ने क्षमता उनमा रहेको अनेरास्वबियुका उनका समकक्षीहरु बताउछन । बोहोरालाई आयोगको अध्यक्षको लागी सांसद नरबहादुर धामी र केन्द्रीय सदस्य राजेन्द्र रावलले लबिङ गरेको श्रोतले बताएको छ ।



















