पथरी शनिश्चरे, २१ माघ | ‘भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास आयोग’ले अघि सारेको कार्यक्रम अनुरुप मोरङको पथरी शनिश्चरे नगरमा सवै वडामा लगत संकलनको काम अघि बढेको छ ।
नगरमा बसोवास विवरण र तथ्याङ्क संकलन इकाई कार्यालय स्थापना गरी १० वडाबाट ३,३ जनाका दरले कर्मचारीमार्फत लगत संकलन कार्य अघि बढेको हो ।

145472602_448444946509188_2212794350710597465_n

ती कर्मचारीमार्फत जनप्रतिनिधिको सहभागितामा लगत संकलन कार्य अघि बढाइएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो । बाँकी रहेका वडा नम्बर ६ को मंगलबारेबाट र ८ को गुराँस चोकबाट ९ को कुशे धारापानी टोलबाट आज लगत संकलन कार्य अघि बढेको हो । ५ को पनि २ दिन अघिदेखि लगत संकलन सुरु भएको छ ।


कँही कतै आफ्नो र परिवारको नाममा जग्गा नभएको तथा ऐलानी जग्गा भोग गरेकाले अनुसूचि ३ को ‘भूमिहीन सुकुम्बासी’ फारम भर्नुपर्ने र अन्यत्र केही जग्गा समेत भएको तर १० वर्षअघिदेखि आफुले ऐलानीपर्ति जग्गा जोतभोग गर्दै आएकाले अनुसूचि ४ को ‘अव्यवस्थित बसोबास’को फारम भर्नुपर्ने हुन्छ । ऐलानी जग्गा भोग गर्नेले कम्तिमा १० वर्ष अघिदेखि भोगचलन गरेको प्रमाण पेश गर्नुपर्दछ ।

त्यसका साथै फारम भर्दा घरमुली दुवै दम्पती भए दुवैको २ प्रति पासपोर्ट साइजको फोटो, नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपि सहितका प्रमाण पेश गर्नुपर्दछ । मोठ कायम नभएका तर पूर्जा समेत प्राप्त भएकाहरुको कित्ता नम्बर उल्लेख गरी पूर्जाको फोटोकपि समेत समावेश गर्नुपर्दछ ।