बिराटचोक,२० फागुन । सुन्दरहरैचा उद्योग बाणिज्य संघको ९ औं साधारणसभा बाट आगामी फागुन २२ गते शनिबार निर्वाचन कार्यक्रम हुदैछ । नया कार्यसमिति चयनका लागि निर्वाचन सम्पन्न गर्न केशव अधिकारी प्रमुख निर्वाचन आयुक्त रहेको ३ सदस्यीय निर्वाचन समितिले निर्वाचनको तयारी गरीरहेको छ। अधिकारी सुन्दरहरैचा १२ मा अवस्थित सुकुना बहुमुखी क्याम्पसको संचालक समितीको अध्यक्ष हुनुहुन्छ ।

समितिमा सदस्यहरु सुन्दरहरैचा ९ अवस्थित इन्द्रपुर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रामप्रसाद गजुरेल हुनुहुन्छ । त्यसैगरी सुन्दरहरैचा १० मा अवस्थित सिद्धार्थ बोर्डिंङ स्कुलको प्रिन्सिपल तथा प्याब्यासन मोरङको अध्यक्ष अर्जुनकुमार बस्नेत हुनुहुन्छ ।

२०७२ सालमा भएको कोशी हरैचा उधोग बाणिज्य संघको निर्वाचनमा पनि उहाहरुलेनै सफल रुपमा निर्वाचन सम्पन्न गर्नुभएको हुदा पुन उहाहरुलाईनै नियुक्त गरीएको बाणिज्य संघको अध्यक्ष नवराज चापागाईले बताउनु भयो ।

जम्मा ८४७ जना मतदाता संख्या रहेको निर्वाचन सुन्दरहरैचा नगरपालिका १० स्थित उधोग बाणिज्य संघको कार्यालयमा तय भएको प्रमुख निर्वाचन आयुक्त अधिकारीले बताउनु भएको छ । निर्वाचनले अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, उधोग सचिव ,बाणिज्य सचिव कोषाध्यक्ष, ८ जना सदस्यहरुमा २ जना अनिवार्य महिला सदस्य ३ जना लेखा समिती र ३ जना कोटा सदस्य सहित २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । निर्वाचनमा मतदान बिहान ८ बजे देखि अपराहन्न २ बजे सम्महुने निर्वाचन आयुक्तले जानकारी गराएको ।