✍️ देउजा राधाकृष्ण 

नेपालको कम्युनिष्ट आन्दोलनको निर्माणमा श्रद्धय माधव नेपालको भूमिका छ भन्ने विषय त वहाँका विरोधीहरुले पनि स्विकार्ने विषय हो । त्यसमाथी नेकपा एमालेको निर्माण गर्दै यसको रक्षा र विकासको पर्याय नै माधव नेपाल हुनुहुन्छ । हो स्वाभाविक रुपमा अहीले गुटगत मानसिकताले ग्रस्त भएर एमाले अध्यक्ष केपी ओली र वहाँका स्वार्थी हनुमानहरु माधव नेपालको तेजावोध गर्न लागेका छन तर यो असहिष्णुता सृजित एमाले विरोधी हर्कत लामो समय टिक्ने वाला छैन ।

Madhav-nepal (2)

एमाले अनुशासित , सदाचारी , स्वच्छ र निस्वार्थ जनताको सेवामा रमाउनेहरुको वाहुल्यता भएको पार्टी हो , त्यसैले त्यस पार्टीबाट साँचो एमालेमा हुनुपर्ने सबै गुण भएका आदरणीय माधव नेपाललाइ विस्थापन गर्ने सपना सजिलै पुरा हुन गार्हो छ । हो स्वाभाविक रुपमा अहिले माधव नेपाल , भिम रावल , सुरेन्द्र पाण्डे , घनश्याम भुषाल लगायतलाइ गरिएको कारवाही र त्यस मार्फत केपी ओलीको समुहले दिन खोजेको सन्देश गम्भीर छ । वहाँहरुको चाहना नै यस्तै कथित कारवाही र नियोजित अपमानको कारण माधव नेपालहरुले खुरुक्क पार्टी छोडने निर्णय लिउन भन्ने नै हो अनि यो अत्याचारले गर्दा नेताहरुमा पनि केहि आक्रोश , वितृष्णा हुनु स्वाभाविक नै छ ।

त्यही अत्याचार र त्यसले सिर्जना गर्ने विद्रोही भावनाको कडी जोडेर एमाले बिभाजन हुने वा नया पार्टी खुल्ने अनुमान सहितका समाचारहरु आइरहेका होलान । तर यहाँ सवैले बुझ्नु पर्ने कुरा के हो भने नेकपा एमाले अनुशासित , सदाचारी , वफादार र जनपक्षियहरुको वाहुल्यता भएको पार्टी हो त्यसैले अन्याय र अत्याचारको विरुद्ध डटने प्रतिवद्धता भएका ति तमाम असल र निस्वार्थी एमाले कार्यकर्ताहरुले अन्याय , अत्याचारको यो शृंखलालाइ ठहरावमा पुर्याउने छन । सत्ता र त्यसबाट प्राप्त शक्तिले उन्मत्त केहिले सोचे जसरि माधव नेपाल र वहाँ जस्तै नेताहरुको विस्थापन असम्भव छ । नैतिकता इमान्दारिता र सदाचारिताले एमालेको परिचय दिन्छ भने त्यसको पर्याय रहनु भएका नेताहरुलाइ त्यहाँबाट विस्थापन गर्ने षड्यन्त्र सफल हुन सक्ने छैन ।

यद्धपि अन्याय अत्याचार र असहिष्णुताको अन्त्य गर्दै नैतिकता , इमान्दारिता , स्वच्छता सहितको जनपक्षधरताको सँस्कारको युग सुरुवात गर्न एमालेको आम पङ्क्ति जुरुक्कै उठन जरुरि छ र विभाजनमा सवै कोशिसहरुको विरुद्ध उभिनु पर्नेछ । र त्यसरी उठने काम हुनेछ , झनै एकाथरिले अर्को थरिलाइ जवर्जस्ती निकाल्न खोज्ने , पार्टी विरोधी राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरु त्यस कोशिसलाइ सफल पार्न खोज्ने अनि सवैको विचमा नैतिकता र इमान्दारिताका पर्यायहरुले पनि हार खाने हो कि भन्ने आशँकाको विचमा त झन त्यो काम अवश्य हुनेछ । अनेकन आशँका र चिन्ता चिरेर पनि एमाले सग्लै रहने छ ।