काठमाडौं ,६ बैशाख । भारतको नयाँ दिल्लीमा लकडाउनको घोषणा गरिएको छ। भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउनको घोषणा गरेका हुन्। कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि त्यहाँ एक हप्ताका लागि लकडाउनको घोषणा गरिएको हो।
आज राती १० बजेदेखि नै लागूहुने गरी अप्रिल २६ सम्मका लागि लकडाउनको घोषणा गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। तर, अत्यावश्यक सेवाहरु भने सुचारु रहने जनाइएको छ।
दिल्लीका विभिन्न अस्पतालमा संक्रमण दर बढेको, बेड र अक्सिजनको अभाव रहेका कारण कडा निर्णय गर्नु परेको समाचारमा उल्लेख गरिएको छ।




















