बिराटचोक , ९ बैसाख । मोरङको केराबारी गाउँपालिका उपाध्यक्ष सवार बोलेरे पिकअप गाडी पहिरोले पुरिदा क्षत विक्षत भएको छ । बिहिबार गाउँपालिकाले संञ्चालन गरेको विभिन्न योजनाहरु अनुगमन गर्न जाने क्रममा उपाध्यक्ष सवार बोलेरे पिकअप गाडी पहिरोले पुरिदा क्षत विक्षत भएको हो ।

केराबारी बजार देखि उत्तरमा रहेको दुर्गम क्षेत्रमा रहेको वडा नं. २ को सिंहदेवी र वडा नं.१ को पाटी गाउ स्थितको विभिन्न योजनाहरु अनुगमन गर्न जाने क्रममा वडा नं. २ को सिंहदेवी स्थित जौवारी देखि ५ सय मिटर पुर्वमा पहाडको ढिश्को खस्दा उपाध्यक्ष शान्ति कुमारी लिम्बू भूजेल सहितको टोली सवार को १ झ ५९५ नम्बरको गाडीलाई पहिरोले पुरेको हो ।
निर्माणाधिन अवस्थामा रहेको सो बाटोमा झरेका ढुंगाहरु पन्छाउदै जाने क्रममा भिर माथीबाट सुख्खा पहिरो खसेर दुर्घटनामा परेको उपाध्यक्ष शान्ति कुमारी लिम्बू भूजेलले बाताइन ।

पहिरोमा परी गाडीको अगाडीको भाग ढुंंगा माटोले पुरेको छ भने गाडी पनि क्षत विक्षत भएको छ । यात्राको क्रममा बाटो साँघुरो भएकाले निर्माणाधिन अवस्थामा रहेकोहुदा सो क्षेत्रमा पैदल उत्रिएर हिड्नु पर्ने भएकोले केही समयमा पहिरो झरेको कारण गाडीमा सवार कसैलाई पनि मानविय क्षति भने नभएको उपाध्यक्ष शान्ति लिम्बू भूजेलले बताइन् ।



















