पथरी शनिश्चरे, २० जेठ। स्वास्थ्य सतर्कता अपनाउँदै मोरङको पथरी शनिश्चरे नगरको योजना अनुगमन् समितिकोे अगुवाईमा नगरले छानोका लागि आवश्यक जस्तापाताका लागि नगरका सामुदायिक विद्यालयहरुको आज अनुगमन् गरेको छ ।
उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले, सामाजिक विकास समिति संयोजक कपिलमणि ढकाल, सदस्य गोविन्दबहादुर भण्डारी र भद्रमान विश्वकर्मा, शिक्षा अधिकृत नविन खुलाल, अनुगमन् समिति सदस्य यामप्रसाद गुरागाईं, मैनाकुमारी राई लिम्बू, निर्मला गदाल र प्राविधिक दीपक आचार्य सहितको टोलीले योजना अनुगमन् गरेको हो ।
जीर्ण अवस्थाको छानो फेर्ने कार्यक्रम स्वरुप विद्यालयहरुको अनुगमन् भएको छ ।



















