✍️ पुरूषोत्तम पौडेल

मानीसहरूले ठुलठुला सपना देख्न सक्छन । भोकाहरूले अझ ठुलठुला सपना देख्छन । तर उनिहरूका सपनामा त्यती धेरै ध्यान हुदैन । उनिहरूलाई पेटको समस्याको पछि लाग्नु पर्ने हुन्छ । उनिहरूको लागी सवभन्दा ठुलो सपना भोक मेटाउनु हुन्छ । अघाएकाहरूले प्राय सपना देख्दैनन । देखि हाले पनी आफ्नै लागी मात्र देख्छन । कथम् अरूका लागी देखी हाले पनि सपना मै सिमीत हुन्छन । अहिले हाम्रो देशमा त्यही भएको छ । कमरेड केपी ओलीले धेरै सपना देखाएको कुरा गरिन्छ । कमसेकम सपना वाड्न सफल भएको कुरा गरिन्छ । आज आएर उनको सवै सपनाहरू सपनामा सिमीत भएका छन । केवल अघाएकाहरूले देखेको सपनामा परिणत हुदै गएका छन ।

कमरेड ओली अहिले आफ्ना सपनाहरूको असफलता दिवस मनाई रहनु भएको छ । देशलाई निर्वाचनको सवाई सुनाई रहनु भएको छ । निर्वाचन मार्फत दुई तिहाई वहुमत ल्याऊने अर्को सपना वुनेर साइबर शेनाहरूलाई गदगद पारी रहनु भएको छ । आफैले घोषणा गरेका विकाश र सम्वृध्दीका कामहरू सुरू गर्न पनि नसकेको पिडामा रन्थनिदै अरूलाई दोष थोपरेर वर्वराई रहनु भएको छ । आफ्ना सवै असफलतालाई लुकाउन देशमा अनेकौ उधुम मच्चाई रहनु भएको छ । पटक पटक संसद विघटन गरेर मात्र असफलता लुकाउने खेल खेली रहनु भएको छ ।

प्रथमतः प्रधानमन्त्री ओलीले कार्यकालको सुरु देखीनै असम्भव एजेण्डाहरू अघि सारेका हुन । राज्यका कुनै पनि निकाय वाट अध्ययन समेत नभएका कामहरू गर्छु भन्दै गफ दिएका हुन । उनले हावावाट विजुली निकालेर लोड सेडिङ कम गर्ने उडन्ते गफ हान्नु हानेका थिए । निकै सस्तोमा पानीवाट विजुली निकाल्न सकिने हाम्रो देशमा ठुलो लगानी गरेर हावावाट विजुली निकाल्ने खास सम्भावना थिएन । लगानी कर्ता पाऊने स्थीती पनी भएन । त्यसले गर्दा वहाको सपना साकार हुने कुनै सम्भावना थिएन । आम देशवासी दुई वर्षमै प्रधानमन्त्री ओलीको सपनालाई अघाएका व्यक्तीहरूले देखेको सपनाको रूपमा बुझिन थाल्यो ।

नेपाल जस्तो भूपरिवेष्टित देशमा पानी जहाज ल्याऊने सपना आयो । पानी जहाज ल्याऊने मात्र होईन पानी जहाजको कार्यालय उद्घाटन भयो । संसदको रोष्टममा उभिएर छ महिना पछि जहाजको टिकट बिक्री हुने घोषणा भयो । अझ पानी जहाज ल्याऊने सरकारी बजेटको व्यापक दुरूपयोग समेत भयो । नेपालमा पानी जहाज ल्याएर पानी जहाजमा देशको झण्डा हल्लाउदै यात्रा गर्ने भन्दै भारतलाई समेत जोड्न खोजीयो । आफुलाई सोरै आना नोक्सानी पर्ने काम ईण्डीयन सरकारले किन गर्थ्यो र । उसले एक कानले सुनेर अर्को कानले उडाई दियो । यसरी कमरेड ओलीको दोश्रो सपना पनि शतप्रतीशत जनतालाई भ्रम दिने चाल प्रमाणीत भयो ।

कामरेड ओलीले नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गर्ने कुरा गरे । नेपालको नवलपरासी, दैलेख सहित अनेक ठाऊमा पेट्रोलीयम निकाल्न कारखाना खोल्ने कथा सुनाएर वजेट छुट्याउने काम भयो । चिनवाट प्राविधिक टोली ल्याएर घुमाउने काम पनि भयो । स्वयम प्रधानमन्त्रीले देशमा अव कसैले पनि ग्यासको लागी सिलिन्डर वोकेर हिड्नु नपर्ने धक्कु लगाए । घरघरमा एलपी ग्यासको पाईप लाइन पुर्याई दिने फुर्ती लगाए । एल्पी ग्यासको वारेमा वरको सिन्को पर सरेन । मित्र राष्ट्र चिनबाट ३० प्रतिशत पेट्रोलियम पदार्थ आयात गर्ने कुरा पनि फुस्सामा गयो । कुरा गरेर तिन वर्ष विताएका ओली अहिले अरू छटपटीएका छन ।

मित्र राष्ट्र चिन संग मिलेर उत्तर दक्षिण रेल कुदाऊने दुमदुमी पिटाए । काल्पनिक रेलको स्टेशन कहा राख्ने हो ? त्यसको सवस्टेशन कता राख्ने हो भन्दै भाषण सुनाउदै हिडे । गाऊ-शहर देशको चारैकिल्ला हसाऊनु हसाए । केरूङ- काठमाडौं रेलको प्रारम्भिक सर्वेक्षण प्रतिवेदन हेरेर चिनीयाहरू आत्तिए । आज सम्म उत्तर दक्षिण रेल्वेको विस्तृत सर्वेक्षण पनि सुरू भएको छैन । जनकपुर-जयनगर रेलवेको तयारी रेलको डिव्वा समेत गुडाऊन सकेका छैनन । रेलको लीगमा खिया परि सकेको छ । देशमा आएको रेलको ईन्जन चार महिना देखी जनकपुरमा त्रिपाल ओडाएर राखिएको छ । गफले मात्र त हुने होईन रहेछ । फेरी पनि उनको रमाइला गफ चली रहेको छ ।

पार्टीको चुनाव घोषणा पत्रमा युवाहरूको लागी प्रत्येक वर्ष एकलाख रोजगारी सृजना गर्ने कुरा समावेश थियो । दुई वर्षमा सुकुम्बासी समस्या समाधान गर्ने कुरा अघि सारिएको थियो । पाच वर्षमा १० हजार मेघावाट विजुली उत्पादन गरेर देश लाई विधुत निर्यातक देश वनाऊने कुरा गरिएको थियो । दुई वर्ष भित्रमा देशका प्रमुख शहरहरूमा विजुली वस चलाएर पेट्रोलियम पदार्थको खपत र वायु प्रदूषण घटाऊने कुरा अघि सारिएको थियो । प्रत्येक स्थानीय तहहरूमा प्राविधिक शिक्षालय र सुविधा सम्पन्न स्वास्थ्य केन्द्रको कुरा राखिएको थियो । अहिले तिन वर्ष पुरा भयो । एऊटा वुदा पनि पुरा गर्न सकेनन र पार्टीको घोषणा पत्रलाई वेवारिसे वनाई दिए । आज देश कोरोनाको चपेटामा छ । नागरिकहरू उपचार र वेड नपाएर भटाभट मरिरहेका छन ।

शिक्षा, स्वास्थ्य, सामाजीक सुरक्षा र कृषि कतै पनि प्रभावकारी र उल्लेख्य काम हुन सकेनन । सामाजीक सुरक्षा सम्वन्धी कार्यक्रमका प्रस्तावक गोकर्ण विष्टलाई नै वेवारिसे वनाईयो । देशमा एऊटा पनि आकर्षक विश्वविद्यालय खुल्न सकेन । एउटा राम्रो मेडिकल कलेज खोलेर संचालन हुन सकेन । एउटा सुविधा सम्पन्न अस्पताल खुलेन । कृषि क्षेत्र सवभन्दा वढि बेवारिसे भयो । उखुको मूल्य नपाएर किसानले अनसन गरेर मर्नु पर्ने अवस्था आउदा पनि एउटा चिनी कारखाना खुलेन । कतै पनि फलफुल प्रशोधन तथा जुस उद्योग खोलेको सुन्न पाइएन । सर्वत्र उखान, डिङ र गफ तथा उडन्ते भाषणले तिन वर्ष बितेका छन ।

कमरेड ओलीको पालामा निस्चित रूपले केही पूर्वाधारका कामहरू भएका छन । धरहरा खडा भयो । रानी पोखरीमा पानी जमाईयो । यी पुरानै चालु काम थिए । तर उनले सुरू गरेका नया कामहरू प्राय झापा केन्द्रित छन । झापामा करिव एक खर्बको लागतमा औद्योगिक पार्क बन्दैछ रे । तिन अर्ब भन्दा बढिको लागतमा भ्यूटावर बनिरहेको छ रे । लगभग १३ अरवको लागतमा गौतम वुध्दको मुर्ती वनाऊने काम भैरहेको छ । सात अर्बको लागतमा मदन भण्डारी रंगशाला निर्माण हुदैछ । दमकमा अत्याधुनिक चिल्ड्रेन पाराडाईज बन्दैछ । अत्याधुनिक वहुतले सिटी पार्क बन्दैछ । विशाल अन्तराष्ट्रिय सम्मेलन केन्द्र सहित अरवौ लागतका पूर्वाधार योजनाहरू चालु भैरहेका छन । ओली कमरेडका वलिया सेवकहरूको क्षेत्रमा पनि हेर्न लायक विकाश निर्माणका कामहरू भैरहेका छन । आम जनताका लागी भने एकै पटक देशभरी सयौ स्वास्थ्य केन्द्र र सडकहरूको शिलान्यासको प्रशंसनीय नाटक भएको छ ।

यसरी ओली विकाश, सम्वृध्दी र राष्ट्रवादको नारामा सत्तामा आएका हुन । उनका चमत्कारी विकाश र सम्वृध्दीका सपना झापा वाहेक अरूका लागी उखानमा सिमित भएका छन । अव त उनको राष्ट्रवाद पनि लाज मर्दो हालतमा पुगेको आफ्नै ऑखाले देख्नु पर्यो । दक्षिणको मन्त्रका आधारमा चाडै चुनाव र बहुल राष्ट्रियताका वकिलहरू संगको भीत्री साठ गाठको पोल धुमधामले खुलिरहेको छ । यसले हिजोका दिनमा भ्रम पालेर बसेका धेरैको ऑखा खोलि दिएको छ । अझ वाकी सवैको ऑखा खुल्दै जानेछ । विशेष गरी गोयलको ३.३० घण्टे रात्री गोल चक्करवाट सुरू भएको पहिलो चक्कर राजेन्द्र महतोको सत्तारोहणवाट पुरा भएको छ । यसले नेकपा विभाजन र नेकपा एमालेलाई छिन्नभिन्न पार्न अघि सर्नुको रहस्य पनि पुरै खोली दिएको छ ।

नेकपा विघटन पछि लगातार अल्पमतको सरकार चलिरहेको छ । अल्पमतको सरकार निरन्तर संसद छलेर असंवैधानीक अध्यादेशवाट शासन गर्न खोजी रहेको छ । संसदमा विश्वासको मत पाऊन असफल हुदा समेत सत्तामा टासिई रहेको छ । अव त संविधान जलाऊने र बोर्डरमा सुतेर आफ्नै देशको विरूध्द नाकावन्दी गर्ने महन्थ-महतोको टेकोपुडोमा नग्न ढंगले सत्ता टिकाऊने अभ्यास भैरहेको छ । ५०० मेघावाटको अरूण जलविधुत आयोजना विना टेण्डर दक्षिणलाई सुम्पन तयार हुनु , सामन्त गोयलको मध्यरातको मन्त्रणा पछि चुच्चे नक्शालाई पाठ्यक्रममा राख्न रोक लगाउनु , देशको क्षेत्रफल थप्न अवरोध गर्नु अनी आफ्नै मान्यता विपरीत काम चलाऊ सरकारले संसदीय समितिमा टुङ्गो लागेर तयार भएको नागरिकता विधेयकलाई छलेर अध्यादेश जारी गर्नुको पछि के रहस्य लुकेको छ ?

अझ अघि वढेर देशको वातावरण प्रतिकूल सम्पूर्ण तराई मरुभूमिकरण हुने गरी चुरे दोहन गरेर भारत पठाउन उत्साहीत हुनु, दक्षिणतिरको इसारामा उसका कार्डहोल्डर हरूलाई छानी छानी सरकारमा महत्वपूर्ण मन्त्रालय सुम्पनु , समाजका जघन्य अपराधीहरुको मुद्दा फिर्ता लीएर उतैलाई खुशी पार्नु र "मधेशलाई अलग्गै देश बनाउनुपर्छ" भन्नेहरुको बाहुल्यता सहित मन्त्रीपरिषद पुनर्गठन गर्नुले राम्रो संकेत गरिरहेको छैन ? लाजमर्दो दृश्य त शपथ ग्रहण गरेकै दिन " नेपाल एऊटा बहु राष्ट्रिय राज्य हो र यसैका लागि सरकारमा वसेर क्रान्ति गर्ने हो " भनेर उपप्रधानमन्त्री राजेन्द्र महतोले उद्धोष गर्नुलाइ अझ खतरनाक रूपमा लीन सकिन्छ ।

यस संगै कमरेड ओलीले पृथकतावादी आन्दोलन समाप्त पारेको भन्दै सिके राऊत संग " अलग राष्ट्रको लागी जनमत संग्रह गर्न तयार हुने " भाषा सहितको सम्झौता गर्नु र आज राजेन्द्र महतोले मन्त्रीको शपथ संगै राष्ट्रीय हित विरूध्द वोल्नुले कथित महान राष्ट्रवादीहरूको असली गन्तव्य झनै प्रष्ट हुन गएको छ । नेपाल एक राष्ट्र देश हो । यो देशलाई बहराष्ट्रिय बनाउने कुनै सम्भावना छैन । कसैले बहुराष्ट्रिय वनाएर पनि सम्भव छैन । पहिचानको अर्थ बहुराष्ट्रियता कदापी होईन । तराई मधेश र जाति जनजाति सवैको हित विखण्डनमा होईन । एकीकृत र बलियो राष्ट्र नेपालमा मात्र सम्भव छ । यस्तोमा नक्कली राष्ट्रवाद र नक्कली मधेशवाद दुबैसंग सावधानी पूर्वक अघि वढ्नु पर्ने वेलामा ओलीटिक्स पुरै दक्षिणको यात्रामा रमाई रहेको देखिन्छ । याद रहोस ! यसले देश हित गर्दैन । समय वलवान हुन्छ । हरेकका कर्मलाई दुनीयाले हेरि रहेको छ । समय संगै सवै चिनीदै जाने छन । नेपालीहरूले पनि हेरी रहेका छन । अस्तु ।।।।।