विराटनगर – मोरङको बिराटनगर ७ स्थित ब्राइट एन्जल्स सेकेण्डरी स्कुलका विद्यार्थीहरुले सनिवार विज्ञान प्रदशनि तथा कला प्रस्तुत गरेका छन ।

गत सनिवार भएको विज्ञान सम्बन्धि विभिन्न आविश्कार प्रदर्शन गरेका विद्यार्थीहरुले कला प्रदर्शनिमा स्मार्ट सिटि , भ्रमण वर्ष २०२० सम्बन्धि विभिन्न कला प्रस्तुत गरेका थिए ।
साथै विद्यार्थीहरुले कार्यक्रममा उपस्थित शिक्षक शिक्षिका तथा आगन्तुक पाहुनाहरुलाई विभिन्न खानाको परिका बनाएर खुवाएका थिए । विद्यार्थीमा लुकेर रहेका प्रतिभा र स्कुलमा सिकाइएको कुरालाई व्यवहारमा उतार्न यस्तो कार्यक्रमको आयोजना गरिएको स्कुलका प्राचार्य इश्वर राउतले जानकारि दिए ।