एक समय केपी ओली र राष्ट्रवाद पर्यायवाची झै मानिन्थ्यो तर अहिले ओली र राष्ट्रघाट पर्यायवाची बनेको छ ।प्रतिगमन त ओलीको नसा नसामा बग्दैछ । संसद र संविधान शब्द संग ओलीलाई एलर्जी छ । त्यसैले त संविधान मिच्दै दुई पटक संसद को हत्या गर्ने ओलीले प्रयास गरे ।
जोक सुनाउने कलाले ओली वेस्ट कमेडीयन हुन । जालझेल र तिकडमहरूले ओली प्रो सकुनी हुन । महाभारत का मामा सकुनी र वर्तमान युग का बा सकुनी उस्तै हुन । जसको तिकडमले देश दुनिया संकटमा फस्यो । तर सकुनीहरुको सत्यानाश त्यो महाभारत युग र यो युगमा उस्तै तरिकाले हुनेछ । महाभारत को रणसग्राममा जसरी सकुनी ग्याङका कौरवहरु पतन भए त्यसरीनै संविधान रक्षाको संग्राम मा बा ग्याङका कौरवहरु पतन हुने दिन अब टाढा छैंन ।
प्रधानमंत्री ओलीले दुईतिहाई बहुमत को सरकार को नेतृत्व गरिरहेको बेलामा पार्टी अध्यक्ष र प्रधानमंत्री मध्ये एक पद त्याग नगर्दा आजको दिन सम्म आउंदा नेकपा विभाजन भयो । भएको एमाले पनि विभाजन को संघारमा छ । ६ वटा प्रदेशः सरकार हरु मध्ये २ वटामा एमाले चिरा परिसकेको छ । ४ वटा सरकार पनि संकट मा छन गण्डकी सरकार पनि ढलीसक्यो प्रदेश १ बाग्मती र लुम्विनी प्रदेश सरकार पनि ढल्ने अवस्था मा छन ।
ओली को अंहकार लाई एकै दिन ४ झड्का लागीसकेको छ ३ वटा झड्का उनलाई सर्वोच्च अदालत को आदेशले दिएको छ । भारतलाई रिझाउन नागरिकता बाड्ने योजनामा सर्वोच्च अदालतले रोक लगाईदिएको छ । जसपालाई पनि ओली सरकार मा रहन नैतिक संकट परेको छ । कर्णाली प्रदेश का ४ सांसद लाई पनि पुनर्वाहली गर्न सर्वोच्चले आदेश दिएको छ । त्यसैगरी चौंथो झट्का एमाले को दशौं महाधिवेशन आयोजक कमिटी लाई सर्वोच्चले मान्यता दिएन ।



















