काठमाडौं,२ असार । अविरल वर्षापछि बाढीपहिरोका कारण डुबानमा परेको मेलम्ची बजारको एक होटलमा फँसेका दुई जनाको नेपाली सेनाले हेलिकप्टरबाट आज उद्दार गरेको छ ।
मेलम्ची बजारमा रहेको ‘रोज होटल’मा फँसेका उनीहरुको नेपाली सेनाले उद्दार गरेको हो । होटलको छतबाट गुहार मागिरहेका उनीहरुलाई सेनाले हेलिकपटरमार्फत उद्दार गर्यो ।
होटल तल्लो तल्लाहरु बाढीले बडुबाएपछि उनीहरु निस्कन सकिरहेका थिएनन् । अहिले मेलम्ची क्षेत्रमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सरकारद्धारा उद्दार जारी छ ।



















