पथरी शनिश्चरे ६ असार । मोरङको पथरी शनिश्चरे नगरले योजना अनुगमनको क्रमलाई तीव्रता दिएको छ ।
नगर उपप्रमुख एवम् योजना अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले वडा नम्बर १ स्थित शिवालय मन्दिरको योजना आज अनुगमन् गरेको छ ।
नगरपालिकाको २ लाख सहितको अन्य बजेट जुटाएर मन्दिर समितिले नयाँ भवनमा टायल लगाउने काम सम्पन्न गरेको छ ।



















