पथरी, १७ असार । बेलाबेलामा चर्चा परिचर्चामा आउने नगरको नाउँ हो- बेलबारी नगरपालिका ।अत्यन्तै आकर्षक ढंगले नगरसभा सम्पन्न गरेलगत्तै नगरले बृद्धबृद्धाकाे क्षेत्रमा उल्लेख्य काम गरेको छ । नगरपालिका उपमेयर एवं स्रष्टा ढाकाकुमारी पराजुलीले बेलबारीमा अलपत्र भेटिएका एक बृद्ध नागरिकको भरखरै उद्दार गरेकी छिन् ।

सडकमा अलपत्र भई आफ्नो नाम रामबहादुर राई र घर संखुवासभा बताउने ती बृद्धाले निशेधाज्ञाका कारण आफू अलपत्र परेको बताएका थिए । विगत २ महिना अघिदेखि बेलबारी ११स्थित सुम्निमा चोकको विश्रामालयमा बसेर कष्टकर जीवनयापन गरिरहेका थिए । सङ्खुवासभाकाे तुम्लिङटार माथ्लोटार घर बताउँने रामबहादुर राई २ महिना अघिदेखि बेलबारीमा अलपत्र परेको थाहा पाएपछि आफूले समय-समयमा खाने र बस्ने सहयोग गर्दै आएको उद्दारकर्ता समेत रहेका रोशन श्रेष्ठले बताए ।
साेधपुछकाे क्रममा बेलबारी ७ बाहुनी आफन्तकोमा आएको र आफन्त समेत घर छोडेर धेरै दिनसम्म नफर्किएपछि आफू अलपत्र परेको रामबहादुरले बताए । बेलबारी नगरपालिका उपमेयर पराजुलीले बृद्धा रामबहादुर आफन्तसँग सम्पर्क गराइदिएर घर पुग्न सहयोग गरिदिन आग्रह गर्दै आफ्नो घरमा रुँदै आएकोले उनको पहिचानका निम्ति आफूले अनेक प्रयत्न गरेपनि उनको परिवार र आफन्तहरुसँग सम्पर्क हुन नसकेको बताइन् ।
खाँदबारी नगरपालिकाका नगरप्रमुख, तुम्लिङटारका वडाध्यक्ष टिकाराम कुमालसँग आफूले टेलिफोनमार्फत पटकपटक बृद्धाको परिवार आफन्त खोजी गरि उद्दारमा सहयोग गर्न भनेपनि बृद्धाको पहिचान नखुलेपछि संरक्षणका लागि मानवसेवा आश्रम विराटनगरसँग समन्वय गरेर बेलबारी नगरपालिकाको व्यवस्थापन र इलाका प्रहरी कार्यलय बेलबारीको सहयोगमा आश्रम पठाएको उपमेयर पराजुलीले बताइन् । उपप्रमुख पराजुलीको मानव सेवामा समर्पित भाव व्यवहारमा नै उल्लेख्य छ र व्यावहारिक छ- उद्धारमा जुटेका भाइ राेशन भन्छन् ।


