पथरी २० असार। मोरङको पथरी शनिश्चरे नगरको चालु आर्थिक वर्षमा सम्पन्न भएका र सम्पन्नको चरणमा रहेका आधा दर्जन वढी योजनाहरुको आज अनुगमन भएको छ ।

211070032_1443857712657207_3765344975725559954_n

नगर उपप्रमुख एवम् योजना अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा अधिकृत पिताम्बर वस्ती, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, अनुगमन सदस्य मैनाकुमारी राई लिम्बू, इन्जिनियर सन्तोष केसी, सवइन्जिनियर दीपक आचार्य सहितको टोलीले योजनाहरु अनुगमन गरेको हो ।

वडा नम्बर १ स्थित भूल्केदेवी मन्दिर परिसरमा निर्माण थालिएको शनि मन्दिर, २ नम्बरको चौतारी सामाजिक उद्यमी महिला सहकारीको भवनको अनुमगन भएको छ । मन्दिरमा ५० हजार, सहकारी भवनमा ७ लाख नगरले वजेट प्रदान गरेको थियो ।

209256233_204018958296143_5018214705787081051_n

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकालको सांसद कोषबाट २५ लाख तथा उपभोक्ताहरुबाट समेत गरी २८ लाख ६ हजार ७३ रुपैयाँको लागतमा वडा नम्बर २ स्थित सुनझोडादेखि सुवेदीचोक जोड्ने सडकका दुवैतर्फ नाला सहितको सम्पन्न ग्राभेल कार्यको अनुगमन भएको छ । नगरको ७ लाख रुपैयाँ सहित १ नम्बरको पञ्चायतमा माविमा शौचालय निर्माण, नगरको ५ लाख ३२ हजारमा ४ नम्बर वडा कार्यालयको ट्रस निर्माण कार्यको पनि उसैगरी अनुगमन भएको छ ।

211379852_203766518318131_5107283920323428092_n

त्यसैगरी, नगरपालिका र प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको वडा नम्वर १ को कृषि वजारमा टहरा निर्माण, २ नम्बरमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट सञ्चालित सिलाइ कटाइ तालिम र १ नम्बरमा पेपर ब्याग बनाउने तालिमको पनि अनुगमन् भएको छ ।