काठमाडौ । विभिन्न राउन्ड हुँदै दुई नेपाली बालक भारतीय टेलिभिजनको रियालिटी शोको फाइनलमा पुगेकोमा उनीहरूका अभिभावकहरूले आफू ज्यादै हर्षित बनेको प्रतिक्रिया दिएका थिए ।उनीहरूका अनुसार प्रतिस्पर्धाको ‘प्लेटफार्म’ ठूलो र प्रतिस्पर्धीहरू पनि अब्बल भएकाले उनीहरूले ज्यादै मेहनेत गरेर फाइनलको यात्रा तय गरेका हुन्।आयुष केसीका बुवा रामकृष्ण केसीले दुई बालकले नेपालकै इज्जत राखेको प्रतिक्रिया दिए।

आयुष केसीकी आमा रोइन्,सेमिफाइनलमा आफ्नो छोराले गीत गाउँदा रीता केसी धरधरी रोएकी थिइन्।छोराले गाइरहँदा निर्णायकहरू मञ्चमै पुगेपछि उनी भक्कानिएकी थिइन्।नेपालीमा बोल्दै उनले आफ्नो छोरा तीनरचार हप्तादेखि बिरामी भएको बताइन्।उनले भनिन्, “आयुष एकदम बिरामी थियो। मैले उसलाई हौसला दिइरहेँ। त्यही हौसलाले यो परिणाम आएको हो। सारेगमप स्टेजलाई धैरैधेरै धन्यवाद दिन चाहन्छु।”