✍️ सुभाषचन्द्र देवकोटा 

(लक डाउन कविता १७ )
कारबाहीको मौसम छ!
******
उसले,
विधिको कुरा गर्यो!
कमिसन र भ्रस्टाचारको बिरुद्ध जेहाद छेड्यो !
हजुरको सुनको लंकामा,
आगो झोस्न अगुल्टो उठायो !
त्यसैले महाराज!!!
उसलाई पता कसियोस्,
कारबाही होस्!
******
उसले!
अपहरणकारीको बिरोध गर्यो!
बलत्कारीको पुत्ला जलायो!
सरकारी जमीन हडप्ने नेतावारे लेख्यो!
त्यसैले महाराज!!!
उसलाई पता कसियोस!
काबाही होस्!
******
उसले!
विभेदको विरुद्ध बोल्यो!
जनताको गाँस खोसेर,
घुस खाने हाकिमको बिरोध गर्यो!
विदेशी राजदूतावास धाउने नेताको पोल खोल्यो!
त्यसैले महाराज!!!
उसलाई पता कसियोस्!
कारबाही होस्!
******
उसले!
हजुरको बोलीमा लोली मिलाएन!
विचार,आदर्श छोडेर दास भएन!
एर्पोर्टबाट नम्बरी सुन भित्र्याएन!
हजुरको हातको इसरा बुझेन!
आँखाको चाल बुझेन!
त्यसैले महाराज!!!
उसलाई पता कसियोस्!
घरबाट बेदखल गरियोस्!!
कारबाही होस्!!!
********