✍️ रामप्रसाद रिजाल

२०५२ साल फागुन १ गते देखि नेकपा माओवादीले शशस्त्र विद्रोह गरे पछि त्यसबेला सरकार पक्ष र माओवादी पक्ष बीच पटक पटक वार्ता भयो र अन्तमा २०६३ साल मंसिर ५ गते सरकार र माओवादी बीच विस्तृत शान्ति सम्झौता भयो ।१० वर्षे शशस्त्र माओवादी को विद्रोह को कारण १७ हजार भन्दा बढी नागरिक हरूले ज्यान गुमाए ।हजारौं नागरिक हरू बेपत्ता भए कयौ नागरिक हरू अङ्ग भङ्ग तथा घाईते भए ।

त्यसबेला शस्त्रधारी माओवादी पक्षलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने पात्र थिए तत्कालीन एमाले महासचिव माधव कुमार नेपाल । त्यसबेला माओवादी पक्ष संग वार्ता गर्ने पहिलो पाट्टी थियो एमाले र त्यसबेला महासचिव नेपालले नै आफ्नो पार्टीबाट निर्णय गराएर नेताद्वय वामदेव गौतम र युवराज ज्ञवाली लाई नेपालले नै रोल्पा पठाएका थिए । राज्यका सुरक्षा निकाएलाई छक्काएर गौतम र ज्ञवाली रोल्पामा माओवादी संग एउटा समझदारी गरेर फर्के ।

१ महिना पछि मंसिरमा १२ बुंदे समझदारी भयो यसैको बलमा २०६३ साल मंसिर ५ गते सरकार पक्ष र माओवादी पक्ष बीच विस्तृत शान्ति सम्झौता भयो सरकार को पक्षबाट प्रधानमंत्री तथा नेपाली कांग्रेस का सभापति गिरीजा प्रसाद कोइराला र माओवादी पक्षबाट माओवादी पार्टी का अध्यक्ष प्रचण्डले हस्ताक्षर गरे । तर कोइराला र प्रचण्ड भन्दा शुरू देखि नै माओवादी पक्षलाई शान्ति प्रकृयामा ल्याउन प्रमुख भूमिका खेलेका नेपाललाई किन हस्ताक्षर गराइएन ? १२ बुंदे सहमति को जग बसाल्ने प्रमुख नेता माधव कुमार नेपाल नै थिए ।

शान्ति प्रकृयाका हिमायती कमाण्डर प्रमुख हस्ती पात्र माधव कुमार नेपाल ज्यूको योगदानलाई अहिले सम्म पनि राज्यले किन न्याय गर्न सकेन ?

तत्कालीन एमाले महासचिव माधव कुमार नेपालले माओवादी पक्षलाई शान्ति प्रकृयामा ल्याउन खेलेको भूमिका योगदान लाई ओझेलमा पारिएकोले नेपाल का पाठ्य-पुस्तक हरु पत्रपत्रिका हरू जर्नल हरु लगाएत नेपाल को राजनैतिक इतिहासमै नेता नेपाल को नाम पनि कोइराला र प्रचण्ड संगसगै लेखिनु पर्छ ।

शान्ति प्रकृयाका प्रमुख पात्र माधव कुमार नेपाल लाई छुट्टाएर कोईराला र प्रचण्डको मात्र नाम लेखिनु वा आउनुले नेता नेपाल लाई अन्याय भएको छ त्यसैले नेपाल को भूमिका लाई समेटेर पुनः विस्तृत ढंगले नेता नेपाल लाई न्याय गर्ने ढंगले शान्ति प्रकृयाका घटनाहरू बारेमा खोज अनुसंधान कार्य सम्बन्धित निकाएहरुले गरेर नेता नेपाल को योगदानलाई समेटेर ईतिहासमा कोईराला र प्रचण्ड कै हैसियत मां नेपाल को नाम लेखिनुपर्छ ।