बेलबारी,२५ साउन । मोरङको बेलबारीमा निषेधाज्ञा (लकडाउन) एक हप्ता लम्बिएको छ । कोरोनाको सक्रमितको सख्या दिनप्रतिदिन बढ्दै जानथालेपछि नियन्त्रणका लागि कोरोना रोग रोकथाम नगरस्तरीय बैठकले लकडाउनलाई एक हप्ता थप गरेको हो ।
१९ गते देखी २५ गते सम्म गरीएको लकडाउनलाई आज बसेको कोरोना रोग रोगथाम नगर स्तरीय बैठकले साउन ३२ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्याआवश्यक सेवा बाहेकका सम्पुर्ण उद्योग पसल कलरकारखाना, निजि तथा सरकारी कार्यालयहरु, र बैक बितिय सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ ।
लकडाउनको पालना गर्न गराउन समेत नगरपालिकाले नगरवासिमा आग्रह गरेको छ । बेलबारीमा सक्रिय सक्रमितको सख्या ६ सय ७४ रहेको छ भने २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य शाखाका संयोजक सन्तोष विश्वकर्माले बताए । विश्वकर्माका अनुसार पिसिआर परिक्षण गरीएका मध्ये ४८ प्रतिशतमा सक्रमण देखीने गरेको छ ।लकडाउन पछि भने केहि सक्रमण घटेको विश्वकर्माले बताए ।



















