पथरी २६ साउन । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा यस अघि सञ्चालनमा रहेका योजनाहरुको दिगोपनको अवस्थाको आज अनुगमन् गरेको छ ।

नगर उपप्रमुख एवम् योजना अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा ३ नम्बर वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ तथा प्राविधिक सहितको टोलीले वडा नम्बर ३ को भोटेघुम्ती सिमाना कल्भर्ट र त्यसभन्दा दक्षिणको कज्वे र बाटो समेत ग्राभेल योजनाको अवस्थाका बारेमा जानकारी लिएको हो ।

त्यस्तै, वडा नम्बर ८ र ९ को सिमानामा केर्खा खोलामा निर्मित कल्भर्टको पनि अनुगमन् गरिएको छ । यी सवै योजना वडामार्फत सञ्चालन भएका हुन् । साथै, उपप्रमुख वास्तोला र महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहभागि भई आजै वडा नम्बर ९ का अपाङ्गता भएका एक व्यक्तिको अवस्थाका बारेमा समेत जानकारी लिनु भएको छ ।