पथरी २८ साउन । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आज इलाका प्रहरी कार्यालय र शसस्त्र बेस क्याम्पका लागि विपद् व्यवस्थापन तथा उद्धारका सामग्री प्रदान गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले प्रहरी प्रतिनिधिमार्फत लाइफ ज्याकेट, फरुवा, गैती, हाते वञ्चरो, थ्रो ब्याग, झम्पल, रिङ, डोरी सहितका सामग्री हस्तान्तरण गर्नुभएको छ ।235433713_971398180102679_8907621618109615383_n