काठमाडौं,१७ । भारतीय अभिनेता तथा रियालिटी शो ‘बिग बोस’का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ। ४० वर्षका शुक्लाको हृदयघातका कारण मुम्बईस्थित कुपर अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।
शुक्लाले बिग बोसको १३औं संस्करण जितेका थिए भने उनले अर्को भारतीय रियालिटी शो ‘खतरोंके खिलाडी’को सातौं संस्करण पनि आफ्नो हात पारेका थिए। त्यो बाहेक उनी भारतीय टेलिभिजन श्रृङ्खला ‘बालिका वधू’मार्फत् भारतभर चर्चित भएका थिए।




















