✍️  राधाकृष्ण देउजा

केपी ओलीको सनकनै अवको एमालेको कार्यदिशा हुने भएकोले गर्दा यस्तै यस्तै अराजक , अलोकतान्त्रिक , असंवैधानिक काम नै हो एमालेले गर्ने । सम्मानित सर्वोच्च अदालतले माधव नेपाल सहितको सांसद पद खारेजीको माग गर्ने केपी ओलीको रोदन खारेज गरेको छ , संवैधानिक रुपमा माधव नेपालहरुले अर्को पार्टी दर्ता गरेर कानुनि रुपमा वैधानिकता पाइसक्नु भएको छ ।

अनि असंवैधानिक , अलोकतान्त्रिक काम गरेको सत्य वावजुद भए पनि आफुलाइ मत नदिएको लगायत जे कारण देखाएर माधव नेपाल सहितलाइ केपी ओलीले कारवाही गर्नु भयो त्यही काममा संलग्न दस बुंदे भाइहरु समेतलाइ लिएर माधव नेपालहरु माथि आक्रमण र थुनछेक गर्ने डंका केपी ओलीले पिटदै हुनुहुन्छ । शुभकामना छ केपी कमरेड , सकेको गर्नुस !

किन कि तपाईंले विगत केहि वर्ष देखि आजसम्म यस्तै अराजक , अलोकतान्त्रिक , असंवैधानिक, अराजनीतिक काम नगरेको भए अनि एमाले नाममा बाँकी रहेको यहाँको गुटले यहाँको स्वच्छचारिता , अराजकतालाइ सदर नगरेको भए आज विद्रोहको विगुल फुकिने थिएन अनि त्यसो नभएको भए विद्रोह बाट निर्मित एकीकृत समाजवादी पार्टी मार्फत जनताले अवको वैकल्पिक राजनीतिक नेतृत्व हुने सम्भावना देख्ने थिएनन । हेक्का होस कि नेपाली जनताले अलोकतान्त्रिक , असंवैधानिक , अधिनायकी प्रवृतिलाइ सदैव दुत्कार्दै लोकतन्त्र , संवैधानिक सर्वोच्चता सहितको कानुनि राज मान्ने सहनशील संस्कारीहरुलाइ नै साथ दिने गरेका छन ।