काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनीले पहिलो पटक नेपाली गीतमा नाचेको भिडियो सार्वजनिक भएको छ । ‘पासवर्ड’ नामको फिल्ममा उनले गरेको आइटम नृत्य बिहिबार सार्वजनिक भएको छ । जहाँ सन्नी दर्जनौँ कोरस सहित बोल्ड अबतारमा देखिएकी छिन् । ‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् ।