✍️  राधाकृष्ण देउजा

फेरी पनि भन्नै पर्छ कि नेकपा एमालेको दुर्भाग्यले केपी ओली प्राविधिक त्रुटी र प्रक्रियागत कमजोरीको जगमा झिनो मतले नै भए पनि त्यसको अध्यक्ष हुन पुग्नु भयो । अनि वहाँको अहंकार , दम्भ , अलोकतान्त्रिक आचरणको कारण एमालेको लोकप्रियता र गठबन्धनको संयुक्त जगमा बनेको दुइतिहाइ नजिकको वहुमतको सरकार ढल्यो ।

प्रदेशहरुमा सरकार बन्दै त्रुटीपूर्ण अन्याय भएकोले सात प्रदेश मध्य कुनै पनि प्रदेशमा महिलाको नेतृत्वमा सरकार बन्न पाएका थिएनन तर पनि एमाले नेतृत्वमा सरकारहरु थिए , ति पनि क्रमश केपी ओलीकै कारण ढल्दै गए । केपी ओलीको अधिनायकी शैलीले अनुशासित पार्टी भनेर प्रख्यात एमाले पार्टीमा विद्रोह अनिवार्य मात्रै बनेन विभाजन नै अकाट्य बन्यो । यो सवै दुखद हुन तर भनिन्छ नि कालो बादल भित्र पनि चाँदीको घेरा हुन्छ ।

142595545_3977692132250511_2764761764813880857_n

✍️ लेखक : राधाकृष्ण देउजा

अवस्था त्यस्तै त्यस्तै देखिँदै छ , दुखद रुपमा एमाले विभाजन भै गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले क्रमश जनताको पार्टीको परिचय बनाउँदै गएको छ । संघीय सरकार देखि प्रदेश सम्म नैतिकता , इमान्दारिताका खानीहरुले अवसर पाउँदै गएको छन । त्यही क्रममा अव मुख्य मन्त्री हुने सम्भावना सहित नेकपा एकीकृत समाजवादीका नेताहरु राजेन्द्र पाण्डे बागमती प्रदेश र राजेन्द्र राई एक नम्बर प्रदेशमा नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता छनोट हुनु भएको छ ।

गणतन्त्र स्थापनाको आन्दोलनका नेता , गणतान्त्रिक आन्दोलनका पर्याय अनेरास्ववियुका पुर्व अध्यक्ष राजेन्द्र राइ अनि एमाले पार्टीमा लामो समय स्थानीय निकाय विभाग प्रमुख र स्थानीय विकास मन्त्री समेत हुनु भएका विकेन्द्रीकरणको पक्षपोशाक राजेन्द्र पाण्डे प्रदेश सरकारको नेतृत्वमा आउने कुरा आफैंमा उत्साहजनक छ ।

भलै केपी ओलीको अधिनायकी , अलोकतान्त्रिक , असंवैधानिक कदमको प्रतिरोधको सफलताले सिर्जना गरेको परिस्थितिको सिकार भएकै कारण मात्रै मुख्यमन्त्री पदबाट हटन बाध्य शेरधन राई , अनि सुरुमै स्वाभाविक हकदारको रुपमा मुख्यमन्त्री हुन केपी ओलीले बन्चित गरेको र अहिले माधव नेपाललाइ कम्जोर पार्न सकिन्छ कि भनेर शिघ्र वहिर्गमनको ग्यारेण्टी भए पछि षड्यन्त्रपुर्वक मुख्यमन्त्री बनाइनु भएकी आदरणीय अष्टलक्ष्मी शाक्यको वहिर्गमन प्रिय पक्कै छैनन ।

जे जस्तै भए पनि शेरधान राईलाइ मुख्यमन्त्रीको रुपमा गरेका कामहरुको लागि हार्दिक धन्यवाद , अष्टलक्ष्मी शाक्यलाइ निष्ठा र इमान सहितको लामो राजनीतिक जीवनको लागि आभार प्रकट गर्नै पर्छ । यती भन्दै गर्दा कतिपयलाइ लाग्न सक्छ भिम आचार्यको चर्चा किन नगरेको होला ? यसमा यति मात्रै भनौं होला कि चर्चा गरिएका नामहरु संगै वहाँलाई पनि जोडदा सम्मानितहरुको अपमान हुने खतरा रहन्छ । हालको लागि दुइ आदरणीय राजेन्द्रहरुलाइ बधाई तथा शुभकामना, आदरणीय अष्टलक्ष्मी र शेरधन लाई धन्यवाद ।