पथरी ,३० भदौ । पथरी उद्योग वाणिज्य संघको १८ औं चुनावी सभामार्फत आगामी कार्यकालका लागि निर्वाचित पदाधिकारीहरुले आजै बुधबार पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।
वडा नं १ को मन्दिर लाईनस्थित सरस्वती गेष्टहाउसमा निर्वाचन समितिले नवनिर्वाचित सबै पदाधिकारीहरुलाई प्रमाण पत्र सहित पद तथा गोपनियताको शपथ ग्रहण गराएको हो । निर्वाचन समितिका संयोजक अर्जुन कुमार बुढाथोकीले एक कार्यक्रमका बिच संघका निर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।
आगामी ३ वर्षको लागि सम्पन्न भएको संधकाे नेतृत्वका लागि एमाले निकट संस्थापनका ८ जना उम्मेदवारले विजय हासिल गरेका छन् भने ४ दलीय संयूक्त गठबन्धनका तर्फका ८ जना विजयी भएका हुन् ।काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको संयूक्त गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका धन कुमार तामाङले उद्योगी, व्यावसायी तथा व्यापारीहरूलाई एक संक्षिप्त कार्यक्रममार्फत धन्यवाद व्यक्त गर्दै उद्याेगी व्यवसायी तथा व्यापारीहरूको हकहितको लागि विजय गराएकोमा आभार प्रकट गर्नु भएको थियो । साथै , निर्वाचनमा अत्यधिक मत दिइ विजय हासिल गराएको भन्दै पथरी बजार भित्र उद्यााेगी, व्यवसायी तथा व्यापारीहरूको माझमा निर्वाचित पदाधिकारीहरुले पैदल हिँडेर धन्यवाद तथा आभार प्रकट गर्नु भएको थियो । साे अवसरमा उहाँलाई उद्याेगी , व्यवसायी तथा व्यापारीले आफ्नो उम्मेदवारलाई विजय हासिल गरेकाेमा अविर ,माला र खदाले सम्मान गरेका थिए ।
यसबीच ,पथरी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित धन कुमार तामाङले व्यावसायीको मन जितेर अगाडि बढ्ने बताउनुभएको छ ।नवनिर्वाचित अध्यक्ष धनकुमार तामाङले पथरिशनिश्चरे नगरक्षेत्रभित्र उधोग, व्यवसायी र व्यापारीहरूको थुप्रै समस्याहरू रहेका र तिनलाई आफ्नो कार्य कालमा सक्दछन् काम गरेर अगाडि बढ्ने बताएका हुन् ।
नवनिर्वाचित अध्यक्ष धनकुमार तामाङले ७३८ मत प्राप्त गरेर विजय हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी संस्थापनका दिपक बस्नेतले ६८६ मत प्राप्त गरेका थिए । यसैगरी,बरिष्ठ उपाध्यक्षका लागि गठबन्धनका ओमप्रसाद लिम्बु (५६३ मत)लाई संस्थापन समूहका यादवचन्द्र दुलालले ७६१ मत ल्याएर पराजित गरेका छन् ।
उनी निवर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका थिए । उनले ४ दलीय संयूक्त गठबन्धनका तर्फबाट वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका थिए।त्यस्तै,उपाध्यक्षमा संस्थापन समूहकी आशा राईले ७५५ मत ल्याएर गठबन्धनका रविन राईलाई पराजित गरेकीछिन्। पराजित राईले ५९४ मत प्राप्त गरेका थिए ।
यस्तै, महासचिवमा गठबन्धनका राजेन्द्र बस्नेतले ७६० मत प्राप्त गरेर संस्थापनका अशोक साम्पाङलाई जितेका थिए । निकटतम प्रतिद्वन्द्वी संस्थापनका अशोक कुमार राईले ५८७ मत पाएका हुन् ।नवनिर्वाचित महासचिव राजेन्द्र यस अघिको निवर्तमान कार्य समितिका कोषाध्यक्ष थिए । सचिवको लागि भएको निर्वाचनमा संस्थापनका ईश्वरी सापकोटाले ५५७ मत प्राप्त गरेर विजय हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका खेमनाथ ढुंगेलले ४५३ र स्वतन्त्र उम्मेदवार टुङकुमार श्रेष्ठले २७१ मत प्राप्त गरेका थिए ।
उद्योग सचिव पदका लागि गठबन्धनका प्रेम प्रसाद सुवेदीले ६७० मत पाएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी
मानबहादुर श्रेष्ठले ६४५ मत ल्याउनु भयो ।कोषाध्यक्षमा गठबन्धनका बिजयजंग बस्नेतले ७६२ मत ल्याएर जितेका हुन् । यसैगरि, चार खुला सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका तुलसी लुनिया (६११) , र ईन्द्र बहादुर राई आईबी ले ६५६ मत ल्याएर निर्वाचित भएका हुन् भने संस्थापन तर्फबाट निलम बस्नेतले ७२१ मत र हरिराज प्याकुरेलले ६०३ मत पाएर विजय हासिल गरेका छन् ।
यसैगरि ,दुई महिला सदस्यका लागि भएको निर्वाचनमा संस्थापन समुहकी देवी राईले विजेता सबैभन्दा बढी मत प्राप्त गरेकी छिन् । उनले ८६१ मत ल्याएर पुनः महिला सदस्यमै विजय हासिल गरेकी छिन। उनी निवर्तमान कार्यसमितिकी महिला सदस्य समेत थिईन ।साथै , अर्को महिला सदस्यमा गठबन्धन प्यानलकी जुनी थपलियाले ६७७ मत प्राप्त गरी विजयी भएकी हुन् ।
यस्तै, लेखा संयोजकका लागि भएको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार कृष्णप्रसाद भट्टराई ७२५ मत विजय हासिल गरेका छन्। त्यस्तै , दुई लेखा सदस्यका लागि गठबन्धनका प्रदिप पराजुली६८७ मतले विजयी भएका छन् भने संस्थापन पक्षका उम्मेदवार एल्सन बास्तोलाले६४० मत प्राप्त गरी विजयी भएका छन् ।




















