✍️ रामप्रसाद रिजाल

खास गरी जीवनयापनको मापदण्ड रोजगारी शिक्षा स्वास्थ्य आवाश संस्कार संस्कृति को उपलब्धि सामाजिक श्रम आदि जस्ता मानवीय आधारभूत आवाश्यकता प्राप्ति मा पनि निक्कै भिन्नता रहेको पाईन्छ । समाजवाद को विषयमा भन्नुपर्दा आज परिभाषा पनि ठ्याक्कै दुरूस्तै छैन। समाजमा प्रत्येक व्यक्ति को समानता को लागि उसका सम्पूर्ण व्यक्तिगत क्षमताको भरपूर विकासको अवशर प्राप्त गर्न आवश्यकता अनुसार साधनहरू उपलब्ध गराउनु नै समाजवाद को ल‌क्ष्य हो ।

तर नेपाली समाजको त्यो क्षमता विकासमा अवरूद्ध भएको पाईन्छ । समाजमा असमनता खास गरी २ वटा प्रणाली को कारण हुन्छ । १. आमरुपमा पन्छयाउने २. शोषण मार्फत । पहिलो प्रणाली अन्तर्गत ठुलो संख्या मा मानिसहरू बेरोजगारी हुने तथा जातिय तथा धार्मिक आधारमा संस्थागत रुपमै बाहिरिएको पाईन्छ । दोस्रो प्रणाली अन्तर्गत उत्पादन का साधन हरु मार्फत उत्पादित बस्तु तथा सेवालाई एक पक्षबाट अधिक नाफा को हिस्सा लाई आफ्नो भागमा राखी र अर्को मजदूर वर्ग वा कामदार वर्ग को भागमा कम नाफा गराएर शोषण गरिन्छ ।यसरी बढी नाफा लिने वर्ग शासक र कम नाफा लिने वा घाटा व्यहोर्ने वर्ग शोषित को रुपमा सम्बन्ध स्थापित हुदै जान्छ ।यसरी समाज र उत्पादक सम्पत्ति माथि नियन्त्रण का हिसाबले आर्थिक वर्ग को विश्लेषण हुन जान्छ । जस्तै पुजीपती मालिक जमिनदार नोकर दास गरिव वर्ग आदि

समाजमा विद्यमान यी वर्ग हरूको अन्त नभई समाजवाद को लक्ष्य मा पुग्न सकिदैन वा समाजवाद आउन सक्दैन त्यसको लागि उत्पादन प्रणाली को वितरण मा समानता हुन आवाश्यक छ । त्यति मात्र होइन राज्यले दिने सेवा सुविधा देखि लिएर शिक्षा स्वास्थ्य रोजगार गास वास कपास देखि लिएर एउटा व्यक्ति को जीवन मा आवाश्यक पर्ने सेवा सुविधा हरू जति छन ती सबैको वितरणमा राज्यले समानता को आधारमा गर्नुपर्दछ । अहिलेको कम्युनिस्ट आंदोलन का महानायक कमरेड माधव कुमार नेपालले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीको लक्ष्य पनि यही हो ।

त्यसैले समाजवादी मा विश्वास गर्ने श्रमजीवी वर्गले कुन राजनीतिक पार्टी समाजवादी हो होइन छुट्टयाउन आवाश्यक छ । वर्तमान विश्वमा सबै भन्दा बढी उछालिएको विषय मार्क्सवादी हरुले लोकतंत्र माथि छलफल गर्दैनन भन्ने हो तर मार्क्सवादले अनुपम सामाजिक आधार र आधारभूत विचारधारात्मक सिद्धांत लाई व्यवस्थित गर्न छलफल र वहसका कयौं चरणहरू पार गरी सकेको छ । वर्तमान समयमा मार्क्सवादको विकास को लागि ४ वटा तत्वहरुको व्याख्या विश्लेषण गर्न आवाश्यक देखिन्छ । १ .मार्क्सवादमा आन्तरिक र वाह्रय लोकतन्त्र को व्यवस्थापन २ . पुजीवादले बिकृत तुल्याउने समस्याको बारेमा ३ . विश्व पुजीवादमा देखापरेको संकट को बारेमा ४. हाल सम्मका मार्क्सवादी असफलता का पाठहरु बाट सिकेर गम्भीर अध्ययन गर्ने ।

नेपाली प्रजातांत्रिक समाजवाद का प्रणेता विपी कोइराला मुख्यत: हुन राजा महेन्द्रले सैन्य कु मार्फत विपी कोईराला नेतृत्व को कांग्रेस सरकार अपदस्थ गरे । जेल र भारत प्रवासमा रहुन्जेल विपी का धेरै साहित्यक कृति हरु प्रकाशित भए तर प्रजातांत्रिक समाजवादको खाकाबारे उनले खासै लेखेनन । भारत प्रवास बाट फर्किए पछिको सकृय राजनीतिक समयमा पनि विपीले प्रजातांत्रिक समाजवाद बारे केही नंया तथ्य बाहिर ल्याएनन । एमालेको कुरा गर्ने हो भने जनवादलाई राजनीतिक लोकप्रियता को नारामा सिमित गरेर एमाले पार्टी लाई सरकारमा जाने र चुनाव जित्ने हत्तियार मात्र बनाएको इतिहास छ ।

लेखक : ✍️रामप्रसाद रिजाल नेता नेकपा (एकिकृत समाजवादी)का नेता तथा प्रखर वक्ता हुनुहुन्छ !!