जव सार्वजनिक महत्व संग जोडिएको विषयहरुमा मनमा केहि कुरा आयो भने मनमा लागेको कुरालाइ अभिव्यक्ती गर्नु पर्ने बानी परेकोले लेख्नै पर्यो । यो पढेर कोहि हौसिएलान , कोहि रिसाउलान त कोहिले अमिलो मन पार्लान तर जे पार्लान पार्लान , मनको कुरा त लेख्नै पर्यो । अनि आज लेख्न खोजेको कुरा नेकपा एकीकृत समाजवादी संग जोडिएको छ ।
हिजोको गतिशील , अनुशासित र जनपक्षिय इतिहास बोकेको एमालेको असली नेता कार्यकर्ताले पछिल्लो दिनमा त्यो एमालेलाइ अधिनायकी बनाउन खोज्ने केपी ओलीको अलोकतान्त्रिक, असंवैधानिक , असगंतिपूर्ण व्यवाहारलाइ चुनौती दिँदै गठन गरेको एकीकृत समाजवादी पार्टी जुन विद्रोहको ज्वालाको रुपमा जन्मियो , त्यसको विकासको व्यवस्थापन चाहिं त्यही रफ्तारमा हुन नसकेको अनुभूति भैरहेको अनुभूति भएको छ । त्यसो भन्नुको मतलव के हो भने यस पार्टीको गठनको आधार सहि थियो , यस पार्टी गठनको नेतृत्व लिने मूल नेताहरु पनि सहि हुनुहुन्थ्यो , यस पार्टीको गठनको आधारहरु संग सहमत भएर यस पार्टी प्रति आकर्षितहरुको पंक्ति पनि व्यापक थियो ।
यस अर्थमा यसको गठनले नै यसको विकासको आधार दिएको थियो तर दुखका साथ भन्नु पर्छ कि हिजोको एमालेको विरासत बोकेर यस पार्टीमा आएका कतिपयको गतिविधि र सोचले चाहिं यस पार्टीको विकास व्य्वास्थापनमा वाधा सिर्जना गर्दै यसको भविष्यलाइ आशातीत हुन नदिने हो कि भन्ने देखाएको छ र यो अत्यन्त चिन्ताको विषय हो ।
यद्धपि यस्तो लेखेको देखेर न कसैले खुसि व्यक्त गर्न जरुरि छ न त कसैले मन सानो गर्न नै जरुरि छ तर खासमा नेकपा एकीकृत समाजवादीका तमाम नेता कार्यकर्ताहरुले चाहिं आफैंले म म गर्न जरुरि छ । सवैले बुझ्नु पर्छ कि यो पार्टी गठनले जरुरु कोहि कसैलाइ सत्ता र शक्ती दिलाएको जरुर छ तर यसको गठन नै त्यसैको लागि भएको हो भन्ने सन्देश गयो भने चाहिं यसको निर्माण हैन विनाश मात्रै गर्छ । यस पार्टीको गठन सत्ता शक्ती सबै बाट विमुख हुन तयार भएर लोकतन्त्र , संविधान जोगाउन तयार मसिहाहरुले गठन गरेको हुन , त्यही हिम्मत र आँटको कदर गरेर न आज देशभर यस पार्टी प्रति आम युवाहरुको समेत आकर्षण बढेको देखिन्छ ।
त्यस आकर्षणलाइ आवद्धतामा रुपान्तरण गर्नको लागि एकीकृत समाजवादीका हरेक नेताहरुले आफुलाइ त्यसको अध्यक्ष माधव नेपालकै जस्तो साहसिक, सक्रिय , सरल र सम्पूर्ण रुपमा जनता केन्द्रित प्रमाणित गर्न सक्नु पर्छ । तर घटनाक्रमहरुलाइ हेर्दा हिजो एमालेको विभिन्न पदहरुमा रहेको र विद्रोह रोजेर एकीकृत समाजवादीमा आएका कतिपय नेताहरु पार्टी निर्माण र विकासको लागि भन्दा पनि आफ्नो लागि अवसर खोज्नेमै केन्द्रित भएको पनि देखिएको छ भने कतिपयले चाहिं अवसर पाएर पनि त्यसमा रहेर कुनै आशा लाग्दो काम नगरेको पनि देख्नु र भोग्नु परेको छ ।
यस्ता व्यवहारमा रुपान्तरण भएन भने आकर्षणको रफ्तारमा ठहराव आउने खतरा रहन्छ सबैलाइ चेतना भया । एकीकृत समाजवादीका खासमा नेताहरुले बुझ्नु पर्छ कि माधव नेपाल एक्लैको सक्रियता र व्यक्तित्वले यस पार्टी प्रति आकर्षण बढेको जरुर छ तर त्यसैले मात्रै यस पार्टीलाइ दृघकालिन रुपमा बलियो बनाउन सक्ने छैन । यस पार्टीको विकास र विस्तार हुनको लागि हरेकले मन , वचन र कर्मले माधव नेपालले जस्तै सक्रिय , स्वच्छ , सरल र जनपक्षिय हुने दृढता प्रदर्शन गर्न सक्नुपर्छ ।
आफुले पद कसरि पाउने भन्नेमा हैन , देशलाइ कसरि सुशासन र जनतालाइ सुख दिने भन्नेमा चिन्ता गर्नु पर्छ । समाजवादीहरुले आफु पाउन हैन अरुलाइ दिलाउने तर्फ सोच्नु पर्छ है ! त्यसो गरेर अगाडी बढ्दै जाँदा चाहिं एकदिन देश , पार्टी र त्यस पार्टी बनाउनेहरु पनि बन्ने अवस्था आउनेछ । सवै समाजवादीले बेलैमा बुझेको र सोहि अनुसार म म गरेर सुधार गर्नु पर्नेले सुधार गरेकै राम्रो होला ।


















