कविता : आजका भगवान

परंपरागत कति आस्थाहरु
केवल देखावटी मात्रै हुन्छन्
यो आधुनिक युगमा आज
न तिनीहरुले जीवन दिन्छन्
न कुनै ठूलो पिडामा
मल्हम पट्टी लगाउन सक्छन् ।

अश्वमेघमा चन्दा उठाएर
सयौ कुण्डमा चरु पोल्नेहरु
कुनै मन्त्र जपेर दैनिक
औलाले फलका दाना गन्नेहरु
प्रभु,इस्वर र इस्लाम पुकार्नेहरु
एक एक खोज्दैछु म अहिले
यो संसारको पिडामा चुपचाप
एउटा अदृश्य भाइरस संग
पराजित भएर आफै
जहिको त्यहि नजरबन्द छ्न् तिनिहरु।

रकम संकलन गरेर
गाउँ गाउँ मन्दिर बनाउनेहरु
बिदेश बाट डलर भित्र्याएर
खाल खालका चर्च स्थापन गर्नेहरु
उतैको तेल बेचेर भए पनि
माइक घन्काउन ठड्याएका मस्जिदहरु
खै त भाइरस संग लड्न सकेका
केवल ती धर्मको नामले मात्रै
खान पल्केका हुन् तिनिहरु ।


आज देसमा कयौ धार्मिक
अखडाको बदला
ठुलठुला अस्पताल बनाएको भए
कयौं बाच्न चाहाने
अतृप्त आत्मालाइ
जीवन त मिल्ने थियो त्यहा ।


धर्म गुरुहरु श्रोता खोजिदिएर
सिंहसान बनाइ आरामको
झकी झकाउ गरे पछि
पुस्तकमा लेखिएको कुरा
भट्याउछन् दर्शकलाई मोहित हुने गरि
न उनिहरुलाइ मृत्युको भय
न उनिहरुलाइ खानको कमि
चौरासी ब्यन्जन
फलफूल खान्छन् तिनिहरु।

जन्मिदा देखि मृत्यु सम्म
आवस्यक त अस्पताल रहेछ
डाक्टर मात्रै होइन त्यहा
नर्स,अहेव स्वयंसेबिका नै
आफ्नो मृत्युको प्रबाह नगरी
बिरामीको उपचारमा संलग्नहरु
त्यो अदृश्य भाइरस संग
किन्चित नडराइ अहोरात्र
भोक र प्यासको प्रबाह नगरि
खट्ने नै हुन असली
मैले भन्ने गरेका आजका
हाम्रा महान भगवानहरु ।


कवि देवराज कार्की"मिलन"
       काठमाडौ