काठमाडौं,२ असार । नेपाल आयल निगमले डिजेल र पेट्रोलमा उच्च वृद्धिसहित भारतबाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको बताएको छ । यद्यपि आयल निगमले नेपालमा लागू हुने गरी इन्धनको भाउ भने बढाएको छैन ।
भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत एक लिटरमा २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मट्टितेलको लागत मूल्य १४७ रुपैयाँ ९९ पैसा पुगेको छ । यो हालसम्मै उच्च मूल्य भएको निगमको भनाइ छ । नयाँ मूल्य सूचीअनुसार खाना पकाउने ग्याँसको लागत २५ सय ५१ रुपैयाँ १५ पैसा पुगेको छ ।




















