झापा,६ असार । लगातारको वर्षासँगै रतुवा खोलामा आएको बाढी बस्तीमा पसेको छ । बाढीको कटानका कारण दमक नगरपालिका-१७ रेडक्रस भवनपछाडिको बस्तीका १३ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गएराति करिब १० बजे आएको बाढी बस्तीमा पसेपछि डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
त्यस्तै मध्यरातमा रतुवाकै बाढी गौरादह नगरपालिका-६ टंगुवा बस्तीमा पसेपछि २५ घरजति डुबानमा परेको प्रहरीले बताएको छ । यहाँ करिब २ फिट पानी जमेको तर पानी घट्ने क्रममा रहेकाले जोखिम भने कम छ ।