विराटचोक,१० असार । मोरङको सुन्दरहरैंचामा तीन दिने महिला आत्मरक्षा तथा सशक्तीकरण तालिम सम्पन्न भएको छ । प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत माननीय राजकुमार ओझाको बजेट व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
मंलबारबाट आयोजित कार्यक्रममा महिला हिंसाबाट कसरी आत्मरक्षा गर्ने एवम् महिला समुदायलाई आत्मनिर्भर र सशक्तीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञ प्रशिक्षकद्वारा तालिमको संचालन भएको थियो । मातृभुमी महिला संजालद्वारा सलकपुर स्थित भुल्के सहकारीको हलमा संचालित कार्यक्रमबाट धेरै दिदिबहिनीहरु लाभान्वित बनेका छन् ।
चुलो र चम्कामा मात्र सिमित महिलाहरुमा आत्मविश्वास र साहसको वृद्धिसगैँ आर्थिक तथा सामाजिक क्षेत्रमा समेत लाग्न प्रेरणा मिलेको सहभागी किशोरी सिम्रन न्यौपानेले वताईन । उनले महिला अधिकार मागेर नभई क्षमता र सहभागीतामा वृद्धि भए आफैं प्राप्त हुने कुरा सिकेको बताईन् ।
नेस्क्युनकी केन्द्रिय अध्यक्ष गोमा नेपालको मुख्य प्रशिक्षण रहेको उक्त कार्यक्रम शान्ता दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।




















