काठमाडौँ,२४ असार । मेडिकल सञ्चालक तथा नेकपा एमालेका नेता दुर्गा प्रसाईंले दुबईमा अलपत्र परेका १६ जना नेपाली नागरिकको शबलाई आफ्रनै पहलमा नेपाल ल्याउन लाग्नु भएको हो ।वैदेशिम भ्रमणका क्रममा दुबई पुग्नु भएका उहाँले वर्षौदेखि अलपत्रमा परेको शव नेपाल ल्याउनको लागि पहल गर्नुभएको हो ।

दुबईमा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरेसँगै भ्रमणमा रहनु भएको थियो । प्रसाईं दुबई आएको थाहा पाउनेवित्तिकै त्यहाँ रहेका नेपालीहरुले उहाँसँग सहयोगको लागि अपिल गर्नु भयो ।

दुबईमा रहेको नेपालीलाई भेटेर उहाँहरुको समस्या र अवस्थाबारे जानकारी लिनु भएको थियो । सोही क्रममा त्यहाँ रहेका नेपालीहरुले आफनो पीडा र दुख व्यक्त गरेका थिए ।

वैदेशिक रोजगारीको क्रममा दुबई पुगेका नेपालीले उहाँलाई आफूहरु अलपत्र परेको, मेनपावर कम्पनीले ठगेको र फसाएको गुनासो पोखेका थिए । आफूहरु मेनपावरबाट ठगेपछि नेपाल सरकारसँग पटकपटक गुहार माग्दा पनि कुनै सुनुवाई नभएपछि लाचार अवस्थामा पुगेको उहाँहरुले प्रसाईं समक्ष व्यक्त गर्नुभयो ।

नेपालमा बसेर केही काम गर्न खोज्दा राजनीतिक किचलो, बेरोजगारी, महंगो कर र गरिबीको कारण केही गर्न नसकेकोले बाध्य भएर विदेशिनु परेको गुनासो सम्म गरेका थिए ।

नेपाली नागरिकको गुनासो सुनेलगत्तै उहाँले दुबईमा अलपत्र परेका शव तत्काल नेपाल ल्याउनको लागि निर्देशन समेत दिनु भएको छ । शव ल्याउने काम नेपाल सरकारको भएता पनी दुतावासमा रहेका कर्मचारी, मेनपार, अन्य सम्बन्धित निकाएले समयमा चासो नदेखाए पछि उहाँले आफु नेपाली भएको नाताले पनी आफ्रनो दायित्व भएकोले दुबईमा पहिलो काम अलपत्र परेको १६ जनाको शव नेपाल पुर्याउने प्रसाईंले जानकारी दिनुभयो ।

यो महानकार्यको लागि पहल गर्ने र दुबईमा अलपत्रपरेका नेपाली नागरिकहरुको आवाज बनेर गरीब दुःखीहरुको साहारा बनेर हरपल डटेर उद्दार गर्न लागि पर्नु भएको प्रसाईं लाई वैदेशिक रोजगारमा रहेका नेपाली तथा अन्य आफन्तहरुले फोन मार्फत सहयोगको आपेक्ष व्यक्त गरेका छन् ।

एउटा शब ल्याउनको लागि ३ देखि ४ लाख सम्म लाग्छ सरकारले गर्ला गर्ला भन्दा आफन्तको आश मरिसकेको थियो तर फेरि मरेको आश लाई जिउदो बनाएकोमा दुर्गा प्रसाईंलाई धन्यवाद दिए।