काठमाडौं,२ साउन । नेकपा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले बजार अनुगमन गर्ने भएका छन् ।
एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले काठमाडाैंमा साेमबार आयोजना गरेको कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले साे जानकारी दिनुभएकाे हाे ।आफूले जितेका स्थानीय तहमा जनप्रतिनिधि भएको ठाउँको मूल्य नियन्त्रण गर्न बजार अनुगमन गराइने उहाँले जानकारी दिनुभयाे ।
सरकार र सिंगाे अर्थतन्त्र अहिले डरलाग्दो गरी विचौलियाको नियन्त्रणमा गएको उपमहासचिव ज्ञवालीले बताउनुभयाे । महंगी सबैको साझा मुद्दा भएकाले सरकारले सुन्ने गरी आवाज उठाउनु जरूरी भएको र जनदबाब सिर्जना गर्नुको विकल्प नभएको उहाँकाे भनाइ छ । महंगी कुनै दल विशेषका मानिसका लागि मात्र नभई यसबाट आम जनसमुदाय आक्रान्त भइरहेका बेला महंगी नियन्त्रणका लागि सरकारमा दबाब सिर्जना गर्नुपर्ने उपमहासचिव ज्ञवालीले बताउनुभयाे ।
आम उपभोक्ता अहिले वस्तुको अभाव, विभिन्न क्षेत्रमा सिण्डिकेट, बजार अनुगमनको अभाव र राज्यको अनुपस्थितिका कारण मर्कामा परिरहेको उहाँकाे ठहर छ । १७ प्रतिशत नेपाली जनता निरपेक्ष गरिबीको रेखामुनि रहेका र २० प्रतिशतले बहुआयामिक गरिबी झेलिरहेका बताउँदै उहाँले प्रश्न गर्नुभयाे - 'यस्ताे महंगी र चौतर्फी मारमा कसरी जीवन चलिरहेको होला ?'
मेरो भान्छामा दुई थरी तरकारी पाक्न छाड्यो
कार्यक्रमममा बोल्दै उपमहासचिव ज्ञावलीले महंगी अचक्काली बढेकोले आफ्नो भान्छामा दुई थरी तरकारी पाक्न छोडेको बताए । ‘मेरो घरमा सल्लाह भयो, मंहगीका कारण दुई थरी तरकारी नपकाउने, अहिले त्यस्तै भएको छ’, उनले भने, ‘म एउटा संसादको त यस्तो हालत छ सर्बसधरण नागरिकको के होला ?’, ।




















