झापा,४ साउन । झापामा आगलागी हुँदा ६ वटा घर जलेको छ। झापा गाउँपालिका–५ स्थित सिमलडाँगीमा बुधबार(आज) बिहान अवदुल करिम अलिको घरमा विद्युत् सर्ट भइ आगो लागेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
अलिको घरमा सल्किएको आगोले अन्य पाँच घर पनि जलेको छ । आगलागीबाट अलिको टिनको एक तले घरमा जल्नुका साथै घरभित्र रहेका लत्ता–कपडा, अन्नपात, भाँडा वर्तन गरी करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्यस्तै आगलागीबाट अब्दुल जुलास अलिको ३ लाख, अमोर अलिको २ लाख ५० हजार, अनाबर अलिको ३ लाख ५० हजार, ईस्माइल अलिको ३ लाख ७५ हजार र शमित अलिको ४ लाख ५० रुपैयाँ बराबरको क्षति भएको छ।
उनीहरू सबैको घर टिनको छाना, बाँसको टाटीबेराले बनेको एक तले घर थियो। घरभित्र सम्पुर्ण सामान जलेर नष्ट भएको बताइएको छ ।
घरहरूमा लागेको आगो इलाका प्रहरी कार्यालय, प्रहरी चौकी शरणामति र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।



















