काठमाडौं,९ साउन । भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनियताको सपथ लिँदैछिन् । मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनियताको सपथ लिनेछिन् । प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनियताको सपथ गराउनेछन् । सपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्नेछन् ।

त्यस्तै, अर्को औपचारिक कार्यक्रम बिहान ९ः४२ बजे राष्ट्रपति भवनको प्रांगणमा हुनेछ । तर, पानी परेमा सो कार्यक्रम स्थगित हुने सपथ कार्यक्रमको तालिकामा उल्लेख छ । ६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन् ।

सबै राष्ट्रपतिको सपथ २५ जुलाईमा किन ?
राष्ट्रपतिले कहिले सपथ लिने भन्ने कुराको भारतको संविधानमा उल्लेख नभएपनि वास्तवमा, १९७७ मा नीलम सञ्जीव रेड्डी निर्विरोध राष्ट्रपति चुनिएपछि उनले २५ जुलाई १९९ मा राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका थिए । त्यसबेलादेखिनै यो परम्परा बन्दै आएको हुदा सबै राष्ट्रपतिले २५ जुलाईमा सपथ लिनेगरेका छन् ।