बझाङ,११ साउन । वरिष्ठ लोक देउडा गायक हरिचन्द्र कडायतको ५५ वर्षको उमेरमा निधन भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका कडायतको सेती प्रादेशीक अस्पतालमा बुधबार निधन भएको हो ।

उनको मस्तिष्क घातका कारण मृत्यु भएको सेती प्रादेशीक अस्पतालले जनाएको छ । अचेत अवस्थामै धनगढी स्थित नवजीवन अस्पताल पुर्याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसके पछी सेती प्रादेशीक अस्पतालमा भर्ना गरेर उपचार भइ रहेको थियो ।

कडायत २०४९ सालदेखि देउडा गायन क्षेत्रमा सक्रिय रहेका थिए । लोक देउडा गायक कडायत ले ‘कर्णालीका भेल’‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत बिभिन्न चर्चित गीतमा गाएका थिए ।