पथरी शनिश्चरे, १ भदौ ।  रास्ट्रिय भूमी आयोग मोरङको टोलीले आज जिल्लाको पथरी शनिश्चरे १ मा रहेको भूमी सम्बन्धी समस्या भएका क्षेत्रहरूको निरीक्षण गरेको छ ।

आयोग जिल्ला अध्यक्ष सुशीला घिमिरे अगुवाइको प्राविधिक सहितको टोलीले अघिल्ला आयोगका अधुरा काम र नयाँ कामको क्षेत्रको निरीक्षण गरि नापी प्रक्रिया थाल्ने विषयमा छ्लफल गरेको छ ।

नगर प्रमुख मोहनप्रसाद तुम्बापो, वडाद्यक्ष भीमकुमार राई सहितका जनप्रतिनिधिसंग छलफल गर्दै छिटो गरि समस्या समाधानको काम अघि सार्ने बारे छलफल भएको छ ।