चितवन,१३ कात्तिक । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाको अवस्था सामान्य रहेको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन् । चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस भएका कोइरालाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।
कोइरालाको होस पनि फर्किसकेको स्वकीय सचिव तिवारीले जानकारी दिए । नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बिरामी भएका थिए । मंसिर ४ को चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।




















