विराटचाेक,२० मंसिर । माेरङकाे सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट एक पुरुष मृत्यु भएको छ। हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणिचाेक उत्तर तर्फकाे मुनालझोडा सामुदायिक वनभित्र घाँस लिन गएकाे बेला आक्रमण गर्दा सोही ठाउँका ७३ वर्षीय जयप्रसाद वास्ताेलाकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएकाे छ ।
मृतक वास्ताेला सङ्गै घाँस काट्न उनकी श्रीमती जानुका समेत सङ्गै गएकी थिइन् । उनले भागेर ज्यान जोगाएकी छन् । घटना मङ्गलबार ११ बजे तिर भएकाे हाे । घटना पछि भागेर नजीकै गाउँ निस्किएर वृद्धलाई खाेज्न जाँदा मृत अवस्थामा भेटिएका थिए ।
पछिल्लाे समय माेरङकाे केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायत पालिकाका जङ्गलमा हात्ति बच्चा सहित १७ । १८ काे सङ्गामा रहेकाे स्थानीयले बताउने गरेका छन् ।




















