विराटचोक,९ पुस । सहकारी अभियन्ता महेश आचार्यले राष्ट्रिय सहकारी बैंक लिमिटेडको लेखा तथा सुपरीवेक्षण समिति सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाको पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्थाको शिक्षा उप समिति सदस्य समेत रहेका आचार्य सहकारी विज्ञको रुपमा परिचित छन । लामो समयदेखि प्रारम्भिक सहकारीको नेतृत्व गरेका आचार्यले ग्रामीण क्षेत्रका सहकारीको प्रतिनिधित्व गर्दै सहकारी क्षेत्रको एकमात्र बैंकको लेखा तथा सुपरीवेक्षण समितिको पुरुष सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
१ जना निर्वाचित हुने सो पदमा आचार्यसहित ४ जनाले उम्मेदवारी दिएका छन् । उनी प्रतिस्पर्धीमध्ये अनुभवी भएका हुनाले कामका पाका तथा उमेरका कान्छा देखिन्छन् ।
सो बैंकको सञ्चालक समितिको अध्यक्ष लगायतका केही पदमा सर्वसम्मत नेतृत्व चयन भए पनि सञ्चालक सदस्य र लेखा तथा सुपरीवेक्षण समिति सदस्य पदमा भने पुस १६ गते निर्वाचन हुने भएको छ । सहकारी क्षेत्रमा यस निर्वाचनको सन्दर्भलाई नियाल्दा समय सापेक्ष र सहकारी क्षेत्रले हालको अवस्थामा आचार्य जस्तै पात्रको खोजी गरिरहेको सहकारीकर्मी बताउँछन् । देशभरका सबै सहकारी प्रतिनिधिहरुको मत आचार्यले पाउने आँकलन पूर्व क्षेत्रका सहकारीकर्मीले गरेका छन् ।




















