विराटचोक,१७ पुस । मोरङको सुन्दरहरैंचा नगरपालिकाको १० नं वडा कार्यालयले इन्टरनेट सेवाप्रदायक कम्पनीहरु लाई ७ दिनभित्र तार व्यवस्थापन गर्न आग्रह गरेको छ ।
सुकुना खोला र दुधे खोलाको बिचमा सुकुना मार्ग चौक (स्कुल छेउ) मा रहेका तार व्यवस्थापन गर्न कार्यालयले आइतबार सार्वजनिक सूचना मार्फत सेवा प्रदायकहरूलाई आग्रह गरेको हो ।
जथाभावी छरीएको उक्त तारबाट स्थानीय नागरीकहरुलाई सास्ती भएको गुनासो आएपछि तार व्यवस्थापन गर्न सुचना जारी गरिएको वडाध्यक्ष राजकुमार राइले बताए ।
इन्टरनेट सेवाप्रदायक कम्पनीहरु ७ दिनभित्र पनि तारहरु व्यवस्थापन नगरे स्थानीयबाट केवल काटेर क्षती भएमा यसबाट हुन सक्ने नोक्सानीका लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवार हुनुपर्ने सार्वजनिक सूचना मार्फ़त जानकारी गराएको छ ।




















